News & Events »

राज्यमन्त्री विक्रमबहादुर थापाको स्वागत (1/9/2072)

 

मकवानपुर उद्योग वाणिज्य संघले भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाको स्वागत गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा आयोजित स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष न्यौपानेले उद्योगी व्यवसायीहरुको साझा समस्याहरुको विषयमा थापाको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष तथा मउवासंघका पूर्वअध्यक्ष एवम् विशिष्ट सल्लाहकार अरुणराज सुमार्गीले मधेशमा भएको आन्दोलनले नेपालकै ठूलो औद्योगिक क्षेत्रमा ठूलो असर पुगेको बताएका थिए ।
संघका महासचिव महेन्द्र राउतले संचालन गर्नुभएको कार्यक्रममा आप्mनो मन्तव्य राख्नुहुँदै राज्यमन्त्री थापाले निजी क्षेत्रको खुलेर प्रसंशा गरे । निजी क्षेत्र विना देशको आर्थिक विकास र समृद्धि सम्भव छैन भन्दै थापाले नाकाबन्दीका कारण उद्योगी व्यवसायीलाई परेको समस्या छिट्टै समाधान हुने बताए । संविधान निर्माणमा निजी क्षेत्रले पु¥याएको भूमिकाको प्रशंसा गर्दै थापाले हाल जारी समस्या समाधानसंगै देश आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने उल्लेख गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, विष्णु खनाललगायत कार्यसमिति सदस्यहरु, विभिन्न राजनैतिक दलका नेताहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback