News & Events »

योजना तर्जुमा गोष्ठी सम्पन्न (2072.2.17)

मकवानपुर उद्योग वाणिज्य संघको तीन दिवसीय कार्यक्रम २०७२ जेष्ठ १७ गते आइतबार सम्पन्न भएको छ । दामनको एभरेष्ट पानोरमा रिसोर्टमा जेष्ठ १५ र १६ गते वैठक संचालन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ भने १६ र १७ गते योजना तर्जुमा गोष्ठी भएको छ ।
संघको नया कार्यसमिति गठनपश्चात तीन वर्षिय कार्ययोजना तयार गर्ने परम्पराअनुसार यस पटक पनि सोही कार्यलाई निरन्तरता दिदै आन्तरिक पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने गरी जिल्लाको मनोरम क्षेत्र दामनमा कार्यक्रम गरिएको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । मकवानपुर जिल्लाको आर्थिक सामाजिक क्षेत्रको विकासमा आफ्नो भूमिका निर्वाह गरिरहेको संघले नया कार्यसमितिका सबै सदस्यहरुलाई संघको कार्यक्रम, कार्ययोजना लक्ष्य र उद्देश्य बारे सुसूचित गराउदा कार्यशैलीमा एकरुपता आउने र लक्षित उपलब्धीहरु हासिल गर्न सहज हुने बताइएको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाज्यूको प्रमुख आतिथ्यता र प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीको विशेष आतिथ्यतामा आइतबार समापन कार्यक्रम सम्पन्न गरिएको छ । समापन कार्यक्रममा प्रजिअ रामप्रसाद थपलियाज्यूले जिल्लाको विकासमा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राज्यले नीति तय गर्दछ तर विकासको वाहक स्थानीय सरोकारवालाहरुनै हुदा मात्र विकास सम्भव रहने भएकोले जिल्ला तहमा उद्योग वाणिज्य संघले नेतृत्वदायी पहलकदमी लिन सक्ने देखिएको बताएका छन् । मकवानपुरको परिवेश सम्भावनायुक्त भएकोले यसको उपयोगको लागि समन्वयकारी पहल गर्न उद्योग वाणिज्य संंघ तत्पर भई लाग्नुपर्ने प्रजिअ थपलियाज्यूले बताए ।
नेपाल जेसीजका पूर्व अध्यक्ष महेश दहालको प्रशिक्षण/सहजिकरणमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष माधव रिसाल, अरुणराज सुमार्गी, वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्षहरु कृष्णकुमार गुप्ता अग्रवाल, विष्णु खनाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सल्लाहकारहरु विजेन्द्र अग्रवाल, बालकृष्ण चौलागाई, कार्यसमिति सदस्यहरु र संघका कार्मचारी गरी ५० जना सहभागि रहेका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback