News & Events »

मौद्रिक नीति कार्यान्वयन सम्बन्धमा सरोकारवालासंग छलफल (२०७७ भाद्र १९)

मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार मौद्रिक नीति कार्यान्वयन सम्बन्धमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा निषेधाज्ञा कहिलेसम्म लम्बिने थाहा नभएकाले उद्योगीहरु धेरै समस्यामा भएको र मौद्रिक नीति २०७७/७८ ले व्यवसायीहरुलाई केही राहतको वातावरण बनाइदिए पनि सुविधा लिने सवालमा भने अन्यौलता रहेकाले के–कस्ता प्रावधान कार्यान्वयनमा आए के–कति बाकी छन् एकिन हुनुपर्ने उहाले बताउनु भयो ।

Monetary Policy1
नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रि प्रसाद चौलागाईले बैंकले आफ्ना नियमित ग्राहकलाई नया व्यवस्थाअनुरुप व्याज घटाइदिए अर्को बैंकमा ऋण सार्नुपर्ने अवस्था नआउने बताउनुभयो । त्यस्तै नारायणी यातायात कम्पनी प्रालिका माधव अधिकारीले राष्ट्र बैंकको नीति कार्यान्वयनका लागि गरिएको सर्कुलरमा बैंकहरुले शुन्य विवेक प्रयोग गरेको बताउनुभयो ।
कार्यक्रममा बैंकहरुको तर्फबाट बोल्दै बैकर्श संघ हेटौंडाका अध्यक्ष रमेशनाथ प्याकुरेलले पुस मसान्तसम्म असल ऋणीलाई ऋणको रिसेड्युलिङ र रिस्ट्रक्चरिङमा कुनै समस्या नरहेको बताउनु हुदै राष्ट्र बैंकले निषेधाज्ञाका कारण अति, मध्यम र न्यून प्रभावित गरी व्यवसायको बर्गिकरण गरेको बताउनुभयो । अति प्रभावित क्षेत्रमा होटेल, पर्यटन र पेसेन्जर गाडीका ऋणीहरु पूनर्कर्जाका लागि पहिलो प्राथमिकतामा रहेको उहाले बताउनुभयो । चैत्र मसान्तसम्मको व्याज ५० प्रतिशत तिरे पनि ऋणको रिसेड्युलिङ र रिस्ट्रक्चरिङमा समस्या नभएको बताउनु हुदै अध्यक्ष प्याकुरेलले बैंकबाट फोन आउदैमा नतर्सिन बरु आफ्ना समस्याका बारेमा बैंकमा कुरा राख्दै सहजिकरण गर्न आग्रह गर्नुभयो । बैंकहरुले मौद्रिक नीति कार्यान्वयनमा स्वविवेक प्रयोग गरिरहेको स्वीकार्दै बैंकर्श एसोसिएसन केन्द्रबाटै सार्वजनिक रुपमा मौद्रिक नीतिको कार्यान्वयनका लागि प्रष्टसंग एउटै सूचना आए सहज हुने पनि उहाले बताउनुभयो ।

Monetary Policy2
कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, एनप्याव्सन मकवानपुरका अध्यक्ष नारायण राजथला, निर्माण व्यावसायी संघका उपाध्यक्ष सागर भट्टराई र होटेल एसोसिएसनका कोषाध्यक्ष कल्यान पौडेलको उपस्थिति रहेको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback