News & Events »

मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न (२०७७ आषाढ ३०)

MEHANDI

मकवानपुर उद्योग वाणिज्य संघमा मंगलबार मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यमी बिकास समितिका सभापति नीलम बैद्यको सभापतित्व तथा संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा व्युटी पार्लर व्यवसायी तथा प्रशिक्षक संगिता श्रेष्ठको नेतृत्वमा रोशनी धिताल, उमा व्लोन, सुधा बानिया र अन्जु तुम्सिङले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि कृष्ण कटुवालले श्रावण महिनाको मेहेन्दी सम्बन्धी पर्व हाम्रो संस्कृतिसंग जोडिएको र सबै महिलाहरुको साझा पर्व भएको बताउनु हुदै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । समितिका सभापति नीलम बैद्यले महिलाहरुलाई एकजुट गराउन यस पर्वलाई अवसरको रुपमा लिएको बताउनुभयो ।

MEHANDI 1
कार्यक्रममा सहजकर्ताहरुलाई प्रमुख अतिथि कटुवालले दोसल्ला र पुष्पगुच्छाले सम्मान गर्नुभएको थियो । समितिका सचिव रिता वाइबाले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठ लगायत समिति सदस्यहरु र महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

MEHANDI 2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback