News & Events »

माननीय मन्त्री सरस्वती बस्नेतबाट पल्पसा आइसोलेशन निरीक्षण (२०७८ आषाढ १२)

COVID Help Desk3.12

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरले शनिबार एक सिलिण्डर अक्सिजन सहयोग गरेको छ । हेटौंडा–५, पिप्ले निवासी एकजना बिरामीको लागि अक्सिजन सहयोग गरिएको हो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेतबाट शनिबार पल्पसा आइसोलेशन सेन्टरको निरीक्षण गर्नुभएको छ । माननीय मन्त्री सरस्वती बस्नेतले निरीक्षणपश्चात मन्तव्य राख्नुभएको थियो । कोभिडले विश्व नै आक्रान्त छ । मृत्युहुनेको संख्या बढेको छ । यस्तो परिस्थितिमा मकवानपुर उद्योग वाणिज्य संघलगायतको विभिन्न संघसंस्थाहरु मिलेर पल्पसा आइसोलेशन सेन्टर संचालन गरेर सरकारलाई सघाएकोमा उहांले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै मन्त्रालयको तर्फबाट आवश्यक सहयोगको लागि पनि आश्वासन दिनुभएको थियो । हेल्प डेस्कका सदस्य सरोज खनालले निरीक्षणपश्चातको मन्तव्य कार्यक्रम संचालन गर्नुभएको थियो भने सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाई र हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा हेल्प डेस्कका सदस्य गोकर्ण पराजुली, भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, ज्ञानेन्द्र कार्की, बद्री प्रसाद चौलागाई, बासु खतिवडा, कुमार पौडेल, रामकुमार एलन, उत्सव इटेनी, अञ्जली थापा, कृष्णराज कोइराला, खेमराज सापकोटा, मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरु रवि कडेल शर्मा, कृष्ण ढुंगाना, बालकुमार मल्ल ठकुरी, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको उपस्थिति रहेको थियो ।

COVID Help Desk 3.12

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । शनिबार संघका उपाध्यक्ष गणेश भेटुवालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback