News & Events »

महिला उद्यमी अन्तरक्रिया सम्पन्न (२०७६ माघ ३ गते)

WEDC Program1
नेपाल उद्योग वाणिज्य महासंघ र न्यु विजनेश एज प्रालि, काठमाडौंको आयोजना तथा यस मकवानपुर उद्योग बाणिज्य संघको सहआयोजनामा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संघका महिला उद्यमी विकास समितिका सभापति निलम बैद्यको सभापतित्व तथा हेटौंडा उपमहानगरपालिका कार्यालयका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापति बैद्यले अतिथि र सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमले महिला उद्यमीहरुकोे समस्या समाधानमा सघाउ पु-याउन सहजीकरण गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि हेउनपाका उपप्रमुख मिना लामाले कार्यक्रमले उद्यमशिलतालाई प्रोत्साहन गर्ने आशा व्यक्त गर्नुभयो । हेटौडा उपमहानगरपालिकाले महिला उद्यमीहरुलाई सघाउने हिसाबले कामहरु गरिरहेको बताउदै उद्यमशिलताको विकासको लागि आफूहरु लागिरहेको बताउनुभयो ।
क्रार्यक्रममा न्यू बिजनेस एजका तर्फबाट टि.पि. भुषालले संस्थाले विभिन्न अवार्डहरु दिदैं आएकोमा हाल महिला उद्यमीहरुलाई पनि सम्मान गर्न सातै प्रदेशबाट १००० भन्दा बढी महिला उद्यमीहरुबाट अन्तरास्ट्रिय महिला दिवसको उपलक्ष्यमा ६ वटा विधामा अवार्ड प्रदान गर्ने बताउनुभयो । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले महिलाहरु उद्यममा लाग्नु पर्नेमा जोड दिनुहुदै संघले पनि महिला उद्यमीहरुलाई सघाउन सक्ने विचार व्यक्त गर्नुुभयो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले सरकारले उद्यमीहरुलाई ८० प्रतिशतसम्म अनुदान दिनेगरेको बताउनुभयो । उद्यमीहरुले सहुलियत कर्जा लिएर फिर्ता नगर्ने गरेकोले सरकारी सहयोग पूर्ण सदुपयोग गर्न समस्या भएको बताउनु हुदै घरेलु तथा साना उद्योग कार्यालयले आवश्यक सूचना समयमै उद्योग बाणिज्य संघमार्फत पनि उपलब्ध गराउने गरेको पनि बताउनु भयो ।
कार्यक्रममा महिला उद्यमी अम्विका श्रेष्ठले व्यवसायमा पाएको सफलताको कथा भिडियो मार्फत प्रस्तुत गरिएको थियो । न्यू बिजनेश एजका बालसिंह पोखरेलले महिला उद्यमको बारेमा व्यवसाय दर्ता गर्नुपर्नेलगायत व्यवसाय विस्तारका लागि आवश्यक विभिन्न विषयमा जानकारी दिनुभएको थियो ।
छलफलमा महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठ, महिला उद्यमी सिता भेटुवाललगायत सहभागी महिला उद्यमीहरुले आफ्नो समस्याहरु राख्नुभएको थियो । कार्यक्रममा बैकको तर्फवाट मुक्तिनाथ बिकास बैकका मन्दिरा कोइरालाले कागजात पुरा गरे बैकबाट कर्जा लिन गाह्रो नभएको बताउनुभयो । साथै सहभागीहरुको जिज्ञासाको उत्तर घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले पनि दिनुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मउवासंघका अध्यक्ष कृष्ण कटुवालले महिला उद्यमीहरुलाई समस्या रहेको स्वीकारोक्तीसहित आफ्नो मन्तव्य राख्नुभयो । घर बहालको समस्यालाई व्यवसायी र घरधनि बसेर समाधान गर्नुपर्ने बताउनु हुदै उहाले सरकारी अनुदान कुर्नुभन्दा सहज ऋण तर्फ महिला उद्यमी लाग्नुपर्ने बताउनुभयो । साथै कर कार्यालयलाई बुझाउने र बैंकमा बुझाउने बित्तीय विवरण एउटै बनाउन अध्यक्ष कटुवालले सहभागिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका बरिस्ट उपाध्यक्ष माधव न्यौपाने, पत्रकार भानुभक्त आचार्यलगायतको आतिथ्यता रहेको थियो भने महिला उद्यमीहरु, विभिन्न बैक, इन्योरेन्स कम्पनी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

WEDC Program2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback