News & Events »

मनहरीमा ३ महिने व्युटिसियन तालिम (2072.01.26)

मकवानपुरको मनहरीमा ३ महिने व्युटिसियन तालिमको शनिबार समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ/पश्चिम क्षेत्र समिति/महिला उद्यमी विकास समिति, मनहरीको आयोजनामा उक्त तालिम संचालन भएको हो । मउवासंघ/पश्चिम क्षेत्र समिति/महिला उद्यमी विकास समिति, मनहरीका सभापति मन्जु उप्रेतीको सभाअध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता र मउवासंघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डेको विशेष आतिथ्यता र मउवासंघ/पश्चिम क्षेत्र समिति, मनहरीका सभापति गोविन्दप्रसाद रिजाल, कार्यसमिति सदस्य काव्यमणि अधिकारी, रविन्द्र घिमिरे र मनहरी गाविसका सचिव मिनराज कोइराला कार्यक्रमका अतिथि रहेका थिए । कार्यक्रम संचालन  मकवानपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राधिका सामरी पाण्डेले गरेका थिए । 

तीन महिनासम्म संचालन हुने तालिमले महिला उद्यमशिलताको विकास गरी स्वरोजगार भई व्यवसाय गर्न सक्षम हुने बताइएको छ । तालिमको मुख्य प्रशिक्षक मउवासंघका महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे रहने छन् । मुख्य प्रशिक्षक पाण्डेले तीन महिनासम्म स्वयंसेवीरुपमा उक्त प्रशिक्षण प्रदान गर्ने बताएका छन् । उद्घाटन कार्यक्रममा पार्वती न्यौपाने र उर्मिला पाठकले सहयोगी भूमिका निर्वाह गरेका थिए भने तालिमकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा वरिष्ठ व्युटिसियन कमला श्रेष्ठबाट विशेष तालिम कक्षासमेत संचालन हुनेछ । दुई सिफ्टमा संचालन हुने तालिममा ६० जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ । 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback