News & Events »

मकवानपुर उद्योग वाणिज्य सघंको पहलमा घुम्ति सेवा शिविरः


 
 
 
   संघको संयोजकत्वमा साना तथा घरेलु  उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयको संयुतm आयोजनामा संघको उत्तरी क्षेत्रमा व्यवसायीहरुको व्यावसाय दर्ता नविकरणको लागि घुम्ति शिविर  सेवाको उद्घाटन गरियो । सघंको उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको सभाध्यक्षता, संघका अध्यक्ष राजकुमार न्यौपाने आन्तरिक राजश्व कार्यालयका प्रमुख जीवन घिमिरे, साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख कमल प्रसाद घिमिर, संघका महासचिव महेन्द्र राउतको उपस्थितिमा उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
              २०७२श्रावण २१ देखि २२ गते सम्म हुने शिविरमा उत्तरी क्षेत्रका व्यावसायी सदस्यहरुले आप्mनो फर्म दर्ता तथा नविकरणको सेवा लिन पाउने संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएको थियो कार्यक्रमा संघका उत्तरी क्ष्ोत्र समितिका संथापक सभापति विमल ढकाल, आ.रा. कार्यालयका जीवन कुमार घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमल प्रसाद घिमिरे संघका महासचिव महेन्द्र राउत ,कार्यक्रमका सभाध्यक्षय कविराज खत्री लगायतकाले मनतव्य दिनुभएको थियो ।
         संघका महासचिव तथा कर उपसमितिका संयोजक महेन्द्र राउतले व्यवसायीहरुको व्यवसयिक समस्यालाई सामाधान गर्न टेवा पुग्ने हिसावले कर सम्बन्धी हेल्प डेक्स स्थापना गरेको जानकारी गराउनुभएको छ । यस किसिमको घुम्ती सेवा पश्चिमि क्षेत्रमा पनि यथाशक्य चा“डै संचालन गर्नेसमेत जानकारी दिनुभएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback