News & Events »

मकवानपुर उद्योग वाणिज्य संघमा लेखा तथा कर शिक्षा तालिम । (२०७५ साल श्रावण १०)

               संघमा आवद्ध ८ वटा वस्तुगतका व्यवसायीहरुकालागि संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूको अध्यक्षतामा लेखा तथा कर शिक्षा तालिमको आयोजना गरिएको थियो । तलिममा आर्थिक विधेयक २०७५ ले परिवर्तन गरेको विषयहरु, मिसम्याचका विषय तथा खाता राख्ने सम्बन्धमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु हु“दै बरिष्ठ उपाध्यक्ष न्यौपानेले तालिमपश्चात सिकेका कुराहरुलाई व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिनुभएको थियो ।

                आन्तरिक राजश्व कार्यालयका कर अधिकृत दिलक आचार्यज्यूले आर्थिक विधेयक २०७५ ले परिवर्तन गरेका विषयहरु, मूल्य अभिवृद्धि करमा हाल भएका परिवर्तनले व्यवसायीहरुमा परेको अन्यौलताको बारेमा सहजीकरण गर्नुभएको थियो । साथै व्यवसायीहरुलाई विधेयकमा भएको परिवर्तन लागू गर्दा समस्या उत्पन्न भएमा सम्वन्धित सरोकारवाला निकायहरुसंग समन्वय गरी राजश्व कार्यालय अगाडि बढ्ने समेत व्यवस्था भएको जानकारी गराउनु भएको थियो ।

                लेखा परिक्षक सकुल कुमार श्रेष्ठज्यूवाट व्यवसायीहरुले खाता राख्ने देखि बिल विजक जारी गर्ने, खाता राख्दा ध्यान दिनुपर्ने लगायत व्यवसायीहरुको परेको समस्याका वारेमा राखेका जिज्ञासा मेटाउने कार्यको सहजीकरण गर्नुभएको थियो । तालिममा नेपाल खाद्यान्न व्यवसायी संघ, मदिरा व्यवसायी संघ, मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघ, मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, होटल एशोसियसन मकवानपुर, मकवानपुर मुद्रण उद्योग संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, मकवानपुर क्रशर उद्योग व्यवसायी संघका अध्यक्षलगायत पदाधिकारी एवम् व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

                संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले संघले यस्ता कार्यक्रम वस्तुगत सदस्यहरुकालागि आन्तरिक राजश्व कार्यालय तथा लेखा परिक्षकसंग समन्वय गरि गर्दै आएको र निरन्तर गर्दै जाने विचार व्यक्त गर्नुहु“दै कार्यक्रम समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback