News & Events »

मकवानपुर उद्योग वाणिज्य संघबाट राहत वितरण

२०७२ बैशाख १२ र १३ गते मकवानपुर जिल्लालगायत देशको विभिन्न भागमा गएको महाभूकम्प र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको अवस्थामा राहतको अभावमा हुनसक्ने थप सम्भावित क्षतिलाई न्यूनिकरण गर्न मकवानपुर उद्योग वाणिज्य संघले बैशाख १४ र १५ गते संकलित राहत सामाग्री हस्तान्तरणको लागि मंगलबार प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुर अन्तर्गत रहेको जिल्ला दैवी प्रकोप उद्दार समितिसंग समन्वय गर्दै राहत टोली प्रभावित क्षेत्र तर्फ गएको हो । मकवानपुर जिल्लाको बढी प्रभावित क्षेत्र मध्येको नामटार, ईपा, आमभन्ज्याङलगायतको गाविसहरुमा संघको टोलीले राहत वितरण गरेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । यस दुखद् घडीमा राहत सामाग्री सहयोग गर्नुहुने उद्योगी व्यवसायीलगायत सबैमा अध्यक्ष न्यौपानेले धन्यवाद ज्ञापन गर्दै राहत संकलनको कार्य आवश्यकता अनुसार निरन्तर गर्नुपर्ने अवस्था रहेको समेत बताएका छन् । राहत सामाग्रीमा तत्कालै उपभोग गर्न सहज हुने चिउरा, चाउचाउ, विस्कुट, पाउरोटी, भुजा, दालमोठ र अस्थाई बसाईको लागि आवश्यक त्रिपाल वितरण गरिएका छन् । प्रभावित क्षेत्रमै तीन दिन देखि सदगत गर्न नसकी छोडिएको अवस्थामा रहेको मृत शरिरको सदगत गर्नको लागि मृतकको आफन्तलाई आर्थिक सहयोग समेत प्रदान गरिएको संघका महासचिव महेन्द्र राउतले बताएका छन् । प्रभावित क्षेत्रको अवलोकनको क्रममा खाद्यान्न संगसंगै त्रिपाल, ओढ्ने, ओछ्याउने सामाग्रीको अभाव देखिएको पाइएको हुनाले राहत उपलब्ध गराउन चाहनु हुने उद्योगी व्यवसायी तथा सर्वसाधारणले त्यस किसिमका सामाग्री सहयोग उपलब्ध गराउन संघले अनुरोध गरेको छ । राहत वितरण कार्यमा ईन्धन र सवारी साधन क्लोजर सिष्टम्स ईन्टरनेशनल नेपाल प्रा.लि.बाट सहयोग प्राप्त भएको छ भने राहत वितरण टोलीमा संघका कार्यसमिति सदस्य उज्वल चौलागाई, अनिल अग्रवाल, विशेष आमन्त्रित सदस्यहरु कृष्णराम न्यौपाने, कमल मैनाली, नेपाल क्रशर तथा खानी उद्योग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपाने, मकवानपुर क्रशर व्यवसायी संघका अध्यक्ष राजाराम कार्कीलगायत व्यवसायीहरु सर्वेन्द्र पौडेल, गोभर्दन श्रेष्ठ, दिवाकर मैनाली, विष्णु ढकाल, ज्ञानेन्द्र ढकालको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback