News & Events »

मकवानपुर उद्योग वाणिज्य संघको राहत वितरण टोली प्रभावित क्षेत्रमाः


 विभिन्न भागमा गएको महाभुकम्प र त्यसले निम्त्याएको जनधनको क्षति भएको अवस्थामा राहतको अभावमा हुनसक्ने थप सम्भावित क्षतिलाई न्यूनिकरण गर्न मकवानुपर उद्योग वाणिज्य संघले १४ र १५ गते संकलन गरेको राहत सामग्री हस्तान्तरणका लागि मंगलबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय अन्तरगत दैवी प्रकोप उद्दार समितिसंग समन्वय गर्दै राहत टोेली प्रभावित क्षेत्रतर्फ गएको हो । मकवानपुरको बढी प्रभावित क्षेत्र मध्ये नामटार, इपा, आमभन्ज्याङलगायत गाविसमा संघका टोलीले राहत वितरण गरेको थियो ।
राहत सामग्रीमा तत्काल उपभोग गर्न सहज हुने चिउरा, चाउचाउ, विस्कुट, पाउरोटी, भुजा, दालमोठ, र अस्थाई बसाइका लागि आवश्यक त्रिपाल वितरण गरिएको थियो । प्रभावित क्षेत्रमै तीन दिनदेखि सद्गत गर्न नसकी छाडिएका मृत शरीरको सद्गत गर्न मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । प्रभावित क्षेत्रको अवलोका क्रममा खाद्यन्न संगै त्रिपाल, ओढ्ने, ओच्छ्याउने सामग्री अभाव देखिएको हुनाले राहत उपलब्ध गराउन चाहने उद्योगी÷व्यवसायी तथा सर्वसाधारणले त्यस किसिमको सामग्री सहयोग उपलब्ध गराउन संघले अनुरोध गरेको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback