Notice »

कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई संघबाट स्वागत (2076/4/27)

Kailali CCI visit team welcome program

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको अध्यक्षतामा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुष्पराज कुवरज्यूको नेतृत्वमा हेटौंडा आउनु भएको भ्रमण टोलीलाई सोमबार स्वागत तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अध्यक्षज्यूले स्वागत मन्तव्य राख्नु हुदै संघको विगत देखि वर्तमानसम्मको गतिविधि, आम्दानीका श्रोतहरु लगायत विभिन्न चुनौतीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कैलाली उवासंघका अध्यक्ष पुष्पराज कुंवरले भ्रमणको मुख्य उद्देश्य संघहरुको गतिविधि बारे जानकारी अदानप्रदान गर्ने, पर्यटन वर्ष २०२० को प्रचारप्रसार गर्ने र विभिन्न अव्यवहारिक कर व्यवस्था बारे चर्चा गर्ने रहेको बताउनु भयो । मकवानपुर उद्योग वाणिज्य संघले गरेको आतिथ्यता प्रति धन्यवाद दिदै दुवै उद्योग वाणिज्य संघको गतिविधिवाट एकआपसमा सहयोग मिल्ने उहांको भनाई रहेको थियो । साथै पर्यटन वर्षको तयारी हुंदै गर्दा पहिला स्वदेश पछि विदेश भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन उहांले अनुरोधसमेत गर्नुभएको थियो । सरकारले ल्याएको नयां कर नीतिकोकारण समस्या परेकोले सबै मिलेर पहल गर्नुपर्ने उहांले बताउनु भएको भयो ।
स्वागत गर्ने क्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री राजकुमार न्यौपानेज्यू र संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीज्यूले टोलीलाई स्वागत मन्तव्य राख्नुहुंदै भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट त्यसैगरी कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरु, कार्यकारी निर्देशक गोमा अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कैलाली उवासंघका उपाध्यक्ष गगनराज केसी, शिवराज कुवर, कार्यसमिति सदस्यहरुका साथै सञ्चारकर्मी समेत २० जनाको टोली रहनु भएको. थियो भने मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरु दिवश पराजुली, कृष्ण ढुंगाना, भुपेन्द्र अधिकारीलगायत संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले सञ्चालन गर्नु भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष श्री माधव न्यौपानेज्यूले धन्यवादसहित विसर्जन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback