News & Events »

किन लिने मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता ?

किन लिने मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता ?

किनभने संघको सदस्य हुनुभयो भने तपाईले निम्नानुसारका सेवा तथा सुविधाहरु उपभोग गर्न पाउनु हुनेछ ।

  • तपाईको व्यवसायमा परेको व्यक्तिगत व्यवसायिक समस्या समाधान गर्ने संघ एउटा ठूलो शक्ति हो जसलाई तपाईले उपयोग गर्न सक्नुहुनेछ ।
  • संघको सदस्य हुनुभएमा तपाईले आफ्नो व्यवसायको संरक्षकको रुपमा संघलाई पाउनुहुनेछ ।
  • संघले प्रदान गर्ने विभिन्न सेवामूलक कार्यहरुमा तपाईले सहुलियत पाउनुहुनेछ ।
  • संघ मार्फत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध विस्तार एवं व्यक्तिगत पहिचान बनाउने अवसर पाउनुहुनेछ ।
  • संघले बेलाबेलामा प्रकाशित गर्ने बुलेटिनहरु, मेम्बर्स डाइरेक्टरीहरुबाट जानकारी लिन पाउनुका साथै त्यसै मार्फत आफ्नो व्यवसायको जानकारी अरुलाई प्रवाह गर्न पाउनुहुनेछ ।
  • संघ मार्फत विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष रुपमा समाहित हुने अवसर पाउनुहुनेछ ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ तथा संघलाई विभिन्न समयमा प्राप्त हुने छात्रवृत्तिहरुमा सहभागी हुन पाउनुहुनेछ ।
  • राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा सहभागी हुने अवसरहरु पाउन सक्नुहुनेछ ।
  • आफ्नो क्षेत्रभन्दा बाहिर रहेका व्यवसायिक प्रतिष्ठानसंग सम्पर्क स्थापना गर्ने अवसर पाउन सक्नुहुनेछ ।
  • सरकारी नीति निर्माणमा संघले सरकारलाई दिने सरसल्लाह तथा सुझावमा यहाँ स्वयं सहभागी भई संघलाई सल्लाह प्रदान गर्न सक्नुहुनेछ ।
  • संघले समय समयमा संचालन गर्ने तालिम, गोष्ठी तथा अन्य विभिन्न किसिमका अन्तरक्रिया कार्यक्रमहरुमा सहभागी भई आफ्नो सीप तथा क्षमता अभिबृद्धि गर्न सक्नुहुनेछ ।
  • संघको सदस्य भएपछि उद्योगी तथा व्यापारीहरुको सञ्जाल भित्र पसिने हुनाले सो सञ्जालभित्र आफ्नो व्यवसाय विकास तथा विस्तार गर्न पाउनुहुनेछ ।
  • संघका सदस्यहरु बीच वा अन्य कसैसंग व्यवसायिक मनोमालिन्यको अवस्था सिर्जना भएको खण्डमा संघलाई मध्यस्थकर्ताको रुपमा पाउनुहुनेछ । 

 

 

  • त्यसैले, आजै मउवासंघको सदस्य किन नबन्ने ? सदस्य बनेर आफु पनि मजबुत बन्नुहोस् र संघलाई पनि मजबुत बनाउनुहोस् । आज तपाईलाई समस्या नपरेको हुनसक्छ, तर समस्या पर्दा मात्र खोजेर कहाँ पाइन्छ र ? त्यसैले सदस्य बन्न ढिलाई नगर्नुहोस् भने, सदस्य बनिसकेकाहरुले नियमित नविकरण गरी ढुक्क हुनुहोस् ।

 

कसले संघको सदस्यता लिन सक्छन् त ?

  • मकवानपुर जिल्लामा उद्योग/ब्यबसाय क्षेत्रमा संलग्न तथा ब्यबसायिक उदेश्य भएका नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता रहेका फर्महरुले यस संस्थाको सदस्यता लिन सक्छन् ।

सदस्यता लिन के गर्नुपर्दछ त ?

  • सदस्यता लिनको लागि संघबाट प्रदान गरिएको सदस्यता आवेदन फारम भर्नु पर्दछ, जसमा निम्नानुसारका कागजातहरु संलग्न हुनुपर्दछ ।
    • नेपाल सरकारको उद्योग मन्त्रालय वा कम्पनी रजिष्ट्रारको कार्यालय वा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य विभागमा दर्ता भएको उद्योग/फर्म/कम्पनी वा नगरपालिका/गाउपालिकाको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
    • आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
    • नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
    • साझेदारी व्यवसायको हकमा साझेदारको आधिकारिक पत्र ।
    • हालसालै खिचिएको अटो वा पासपोर्ट साईजको फोटो 3 प्रति ।
    • प्रालि भए प्रबन्धपत्र, नियमावली र संचालकहरुको निर्णय प्रतिलिपि ।


Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback