News & Events »

मउविस उत्तरी क्षेत्रमा आरती श्रेष्ठ

मकवानपुर उद्योग वाणिज्य संघ, उत्तरी क्षेत्र समितिको सक्रियतामा पौष २७ गते थाहा नगर क्षेत्रमा एक कार्यक्रमको आयोजना गरि महिला उद्यमी विकास समिति गठन गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समिति, मकवानपुरका सभापति निलम पाण्डे, मउवासंघ कार्यसमिति सदस्य निलम वैद्य, उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्री, संस्थापक सभापति विमलकुमार ढकाल, महासचिव सुरेन्द्रमान प्रधान, मउविसका उपाध्यक्ष रविलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष कमला श्रेष्ठ, महिला उद्यमीहरु विमला अधिकारी, सरस्वती तिमल्सिना, अप्सरा ढकाल, सोनी न्यौपाने, सारदा सुवेदी र उत्तरी क्षेत्रका महिला उद्यमीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

आरती श्रेष्ठको सभापतित्वमा गठित समितिको उपसभापतिमा सिता ढकाल छन् भने, सचिव संगिता बलामी, कोषाध्यक्ष शान्ति मल्ल र सदस्यहरुमा मन्दिरा बर्तौला, सुशिला विष्ट, सुनिता बस्नेत, राममाया केसी, हिरा लामा, सरस्वती विष्ट, शोभिता गोपाली चयन भएका छन् । यसै बीच दामन स्थित ऋषेश्वर महिला अल्लो कपडा उप्पादन उद्योगको समेत अवलोकन गरिएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback