News & Events »

मउवासंघ पश्चिम क्षेत्र समितिमा सुवेदी सर्वसम्मत (२०७६ चैत्र ७)

Election of MCCI/Manahari1

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, मनहरीको नयां कार्यसमितिको लागि शुक्रवार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनमा नारायण सुवेदीको नेतृत्वमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएको संघका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत इश्वर राज ढकालले जानकारी गराएका छन् । सुवेदीले यस अघि नै उपसभापति र कार्यवाहक सभापति भई समितिमा कार्य गरिसकेका थिए । समितिका तत्कालिन सभापति गोविन्द प्रसाद रिजालको निधनपश्चात सुवेदीले कार्यवाहको जिम्मेवारी लिएका थिए । २०७६ फागुन १५ गते साधारण सभा सम्पन्न भएको थियो भने निर्वाचनको कार्यभार बाकी राखी सहमतिबाटै नेतृत्व चयनको प्रयास हुदै आएको थियो ।
चैत्र ७ गते सम्पन्न निर्वाचन प्रकृयाबाट वरिष्ठ उपसभातिमा गणेशमान मानन्धर, उपसभापतिमा रामचन्द्र उप्रेती चयन भएका छन् । सदस्यहरुमा पदम बहादुर तितुङ, जलाल दिन मिया, बेदमणि सेढाइ, शंकर प्रसाद कालाखेती, चन्द्रमणि पाठक, पशुपति बर्तौला, अनिता थिङ कर्माचार्य, चुणामणि गिरी, हिमशिखर ब्लोन, दिपक प्रसाद रिमाल, कृष्ण प्रसाद श्रेष्ठ, शिवशंकर स्याङतान, योगेश रिजाल, एकराज कालाखेती, विष्णुराम कालाखेती र प्रेमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । संघको नियम बमोजिम निर्वाचित सदस्यहरु मध्येबाट महासचिव, कोषाध्यक्ष, सचिव दुई र सहकोषाध्यक्ष चयन हुने जनाइएको छ । त्यसैगरी वरिष्ठ उपसभापति निर्वाचित भएका गणेशमान मानन्धर संघको नयां नियमानुसार आगामी कार्यकालको लागि स्वत् सभापति हुनेभएका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback