News & Events »

मउवासंघद्वारा मिस नेपाल खतिवडाको स्वागत तथा भार्तामा निर्माण गरिने स्वास्थ्य चौकी निर्माण सहयोगार्थ १ लाखको चेक हस्तान्तरण । (२०७५ भाद्र २१)

संघले मकवानपुरे चेली मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई एक कार्यक्रमका विच खादा टिका लगाएर स्वागत गरेको छ । स्वागत मन्तव्य राख्नुहु“दै कार्यक्रमका सभाध्यक्ष अध्यक्ष कृष्ण कटुवालज्यूले खतिवडाले मकवानपुरको गरिमा उच्च बनाएको बताउनुभएको थियो । आगामी मिस वल्र्डकालागि शुभकामना दिनुहु“दै अध्यक्ष कटुवालले वन होम फाउण्डेशनद्वारा कैलाश गाउ“पालिकामा निर्माणाधीन स्वास्थ्य चौकीकोलागि संघका पदाधिकारी तथा कार्यसमितिज्यूहरुको तर्पmबाट संकलित  रु. १,००,०००।– (एक लाख मात्र) को चेक पनि खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वागत तथा छलफल कार्यक्रममा मन्तव्य राख्नुहु“दै मिस नेपाल खतिवडाले मिस वल्र्डकालागि “व्यूटी विथ अ पर्पस” शीर्षक अन्तर्गत कम्तिमा एउटा सामाजिक कार्य गनुपर्ने भएकोले आप्mनै गृह जिल्लाको विकट क्षेत्र कैलाश गाउ“पालिका वडा नं. ७ छनौट गरी उक्त स्थानमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको र सोकालागि सबै क्षेत्रबाट सहयोग संकलन भईरहेको बताउनुभएको थियो । संघले प्रदान गरेको रकमकालागि हृदयदेखि नै धन्यवाद प्रकट गर्दै उहा“ले चौकी निर्माणमा ५० देखि ६० लाख अनुमानित बजेट लाग्ने र यस पुनित कार्यमा सबैको सहयोगको अपेक्षा पनि गर्नुभएको थियो । संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गणेशप्रसाद भेटुवालले धन्यवादज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिवद्वय सन्तोषकुमार अर्याल, विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु राजाराम कार्की, नरेन्द्र भण्डारी, प्रतिमा श्रेष्ठका साथै संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । संघको तर्पmबाट अध्यक्ष कृष्ण कटुवालज्यूबाट रु. दशहजार, निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेज्यूबाट रु. तीनहजार, बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष गणेशप्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवालज्यूबाट पा“च÷पा“च हजार, सचिव सन्तोषकुमार अर्याल र काव्यमणि अधिकारीज्यूबाट रु. दुई÷दुई हजार, सचिव विष्णुगोपाल महर्जनज्यूबाट रु. पा“चहजार, सहकोषाध्यक्ष राधिका सामरी पाण्डेज्यूबाट रु. दुई हजार, कासस विष्णु खनालज्यूबाट रु. दुईहजार पा“चसय, दिवस पराजुली र निलम बैद्यज्यूबाट रु. एक÷एक हजार, दिपक उप्रेतीज्यूबाट रु. दुई हजार, माधव ज्ञवालीज्यूबाट रु. पा“चहजार, रवि कडेल शर्मा, शान्तिराम धिमाल, कृष्णहरि बर्ताैलाज्यूबाट रु. दुई÷दुई हजार, राजाराम कार्कीज्यूबाट रु. तीन हजार, कृष्णप्रसाद ढुंगाना, कुलप्रसाद चौलागाईज्यूबाट रु. दुई÷दुई हजार, नरेन्द्र भण्डारी र राजु अधिकारीज्यूबाट रु. पा“च÷पा“च हजार, प्रतिमा श्रेष्ठज्यूबाट रु. दुई हजार, रुपकराज दाहालज्यूबाट रु. एकहजार पा“चसय, गोविन्दप्रसाद रिजाल, बालकुमार मल्ल, श्रीकृष्ण कर्माचार्य भाइ, दिपक खत्री, भूपेन्द्र अधिकारीज्यूबाट दुई÷दुई हजार र निलम पाण्डेज्यूबाट रु. एक हजार सहयोग प्राप्त भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback