News & Events »

मउवासंघद्वारा निःशुल्क मास्क वितरण (२०७८ बैशाख १३)

Mask Distribution

मकवानपुर उद्योग वाणिज्य संघले विगत ३ दिनदेखि सर्जिकल माक्स वितरण गरिरहेको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गइरहेको कारण उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई संक्रमण न्यूनिकरणको उद्देश्यले स्तलगतरुपमा माक्स वितरण गरिरहेको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिएका छन् । बैशाख १३ गते माक्स वितरणको चौथो दिनसम्म कुल १५००० थान माक्स वितरण भइसकेको अध्यक्ष कटुवालले जानकारी गराएका छन् । सोमबार नेपाल पत्रकार महासंघ मकवानपुरलाई माक्स वितरण गरिएको थियो । संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरसंग सहकार्य गरी माक्स वितरण गरिरहेको हो । माक्स वितरणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर पनि स्थिलगतरुपमै खट्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback