News & Events »

मउवासंघद्धारा राहत वितरण

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडा–२३, हर्नामाडी, बडकुलेमा रहेको समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रलाई राहत सामाग्री वितरण गरेको छ । समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमै गई एक कार्यक्रम आयोजना गरी राहत सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा केन्द्रका अध्यक्ष बबिता बानियाको सभाध्यक्षता माननीय सभासद ईन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यता र संघका अध्यक्ष राजकुमार न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो । संघका महासचिव महेन्द्र राउत, केन्द्रका संरक्षक रमेश गिरी, कृष्ण अर्याल, संघका सदस्य उज्ज्वल चौलागाई, राधिका सामरी पाण्डे, कृष्णराम न्यौपाने, राजेन्द्र लामिछाने, रामहरी बन्जारा, राममणी दहाल, होटल एशोसिएशन मकवानपुरका महासचिव शालिकराम शर्मा, निर्माण सामाग्री व्यवसायी संघ, मकवानपुरका अध्यक्ष मनोज जालान, पत्रकार रुपेश दुलाल, सविन न्यौपाने, बालकृष्ण अधिकारी र स्थानीय व्यवसायी सुनिल घिमिरेको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । दश जना अनाथ बालबालिकाको संरक्षण गरिरहेको केन्द्रमा महाभूकम्पपश्चातको आतंकित परिवेशमा राहत सामाग्री अत्यावश्यक हुने र केन्द्रले सहयोगको लागि अनुरोधसमेत गरेकाले राहत सामाग्री वितरण गरिएको हो । राहत सामाग्रीमा चामल ४ बोरा, चिउरा ६ बोरा, चाउचाउ ६ काटुन, त्रिपाल ४ थान, कम्बल ४ थान, बिस्कुट ६ काटुन र होटल एशोसिएशनका महासचिव शालिकराम शर्माबाट सहयोग भएको दश थान ब्ल्यान्केट वितरण गरिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार महाभूकम्पकोकारण ज्यान गुमाउने मकवानपुरको ईपा गाविसका एक परिवारलाई नगद राहत रकम हस्तान्तरण गरेको छ । आईतबार संघका उपाध्यक्ष विष्णु खनालले महाभूकम्पबाट ज्यान गुमाउने मकवानपुरको ईपा गाविसका भगवती सार्कीको परिवारलाई संघको घोषणा अनुरुपको नगद दशहजार राहत प्रदान गरेका हुन् । संघका महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, कार्यकारी सचिव विवेक मानन्धर, ईपा गाविसका सचिव पुरुषोत्तम उप्रेती र गैसस महासंघका कमल बिकको रोहवरमा मृतकका बाबु कुमाले सार्कीलाई राहत रकम हस्तान्तरण गरिएको हो ।  
त्यसैगरी सोमबार उपाध्यक्ष खनालले वेतिनी गाविसका महाभूकम्पबाट मृत्युहुने राम रुम्बा र लक्ष्मण रुम्बाको परिवारलाई घोषित नगद हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा संघका कार्यसमिति सदस्य दिपक उप्रेती, लेखा अधिकृत पवन कार्की, वरिष्ठ सहायक ईमु शर्मा, कार्यालय सहायक विजय भण्डारी, वेतिनी गाविस सचिव ईश्वरप्रसाद घिमिरे, स्थानीय क्षेत्रबहादुर रानामगरको उपस्थिति रहेको थियो । यससंगै संघले टिष्टुङ, नामटार, थाहा नपा, हाडिखोला, ईपा र वेतिनीका सम्पूर्ण मृतकको परिवारलाई दशहजारको दरले रकम हस्तान्तरण गरिसकेको छ भने कुल ३० मृतकको परिवारलाई नगद राहत प्रदान भईसकेको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback