News & Events »

मउवासंघद्धारा प्रजिअ दिपकराज नेपालको बिदाई (२०७७ आश्विन २५)

Bidai Program1

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको बिदाई गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा संघमा भएको बिदाई कार्यक्रममा बोल्नुहुदै अध्यक्ष कटुवालले प्रजिअ दिपकराज नेपालको कार्यकालमा धेरै सहजढंगले सहकार्य भएको बताउनुहुदै कोभिड–१९ को संक्रमण व्यवस्थापनमा सहजताको वातावरण बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आगामी कार्यकालको लागि प्रगतिको कामनासहित बिदाई गर्नुहुदै अध्यक्ष कटुवालले खादा तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बन्दाबन्दी तथा निषेधाज्ञाका बावजुद सहजढंगले मकवानपुरमा कार्यसम्पादन गर्न सकिएको बताउनुहुदै केन्द्रको आदेशानुसार केहि बैठकमा कडाढंगले निर्णय गर्नुपरेको तर व्यवहारिकरुपमा एकदमै सहजढंगले मउवासंघलगायतका संस्थाहरुसंग सहकार्य भएको बताउनुभयो । कोभिड १९ को कारणले मकवानपुरका रमणीय स्थलहरुमा खास्सै भ्रमण गर्न नपाएकोमा खिन्नता व्यक्त गर्नुहुदै प्रजिअको हैसियतमा कामगर्दा ७७ वटै जिल्लाको एउटा सञ्जाल र टिमवर्कले गर्दा पनि सहज भएको बताउनुभयो ।
बिदाई कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, कार्यसमिति सदस्यहरु निलम बैद्यलगायतको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback