News & Events »

भारतीय महावाणिज्यदुतसंग छलफल । (२०७५ जेष्ठ २४)

संघले बीरगंजका भारतीय महावाणिज्यदुतसंग भेटघाट गरेको छ । आप्mना विभिन्न परियोजनाहरुको अवलोकन गर्ने क्रममा मकवानपुर आएको अवसरमा संघले भारतीय महावाणिज्यदुतसंग भेट तथा छलफल गरेको हो । संघमै भएको छलफलको क्रममा भारतीय महावाणिज्यदुत वि.सी. प्रधानज्यूले मकवानपुरलाई औद्योगिक र पर्यटनमा अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो । मकवानपुरको जैविक विविधता र यहा“को भौगोलिक वातावरणको कारण औद्योगिक र पर्यटनमा लगानी वृद्धि गर्न सके रोजगारी र आर्थिक विकासमा यस क्षेत्रले नै ठूलो फड्को मार्न सक्ने पनि उहा“ले बताउनुभएको थियो । नेपाल भारत बहुप्राविधिक महाविद्यालय निर्माणको कार्य अघि बढिरहेको र समय समयमा आउने विभिन्न बाधा व्यवधानहरुलाई मिलेर सुल्झाउन सके भोलिका दिनमा दक्ष जनशक्ति उत्पादन भई यही क्षेत्रका उद्योगहरुमा रोजगारी प्राप्त गर्न सकिने पनि महावाणिज्यदुत प्रधानले बताउनुभएको थियो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूले छलफलको क्रममा मकवानपुरको कृषि, उद्योग तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्न संघले पनि विभिन्न कार्य गरिरहेको र गर्दै जाने बताउनुभएको थियो । भारतका औद्योगिक र पर्यटकीय विकास भएका क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गर्न आवश्यक सहयोग र सहकार्यकालागि अध्यक्ष कटुवालले महावाणिज्यदुतसंग गर्नुभएको आग्रह प्रति प्रधान सकारात्मक रहेका थिए । यसअघि संघलाई १ थान एम्बुलेन्स प्राप्त भएकोमा उक्त एम्बुलेन्सले मनहरी क्षेत्रका बासिन्दालाई सहयोग पु¥याईरहेकोमा धन्यवाद प्रदान गर्दै अध्यक्ष कटुवालले नगरकालागि आवश्यक १ थान दमकलकालागि पनि सहयोग माग गर्नुभएको थियो । दमकलकालागि हेटौंडा उपमहानगरपालिकामार्पmत प्रस्ताव अघि बढाउन प्रधानले आग्रह गर्नुभएको थियो । छलफलमा आगामी दिनहरुमा लगानी प्रवद्र्धन, व्यवसाय विस्तारलगायतका विषयमा संयुक्त कार्यक्रमहरु गर्दै जाने तय भएको थियो । छलफल कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवद्वय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, कार्यकारी सचिव विवेक मानन्धर र भारतीय महावाणिज्यदुत कार्यालयकै वाणिज्य विभाग प्रमुख कोत्रास्वामी एम.ज्यूको पनि उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback