News & Events »

निर्माण व्यवसायी संघ मकवानपुरका नवनिर्वाचित टोलीको स्वागत । (२०७५ आश्विन १६)

संघले निर्माण व्यवसायी संघको नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालज्यूले टिका, माला लगाई स्वागत तथा वधाई दिनुहु“दै नवनिर्वाचित कार्यसमितिलाई नया“ कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

                निर्माण व्यवसायी संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर ढकालज्यूले मउवासंघले गरेको कार्यक्रमले दुई संघ विचको प्रगाढ सम्वन्धलाई थप मजवुत बनाउन स्वागत कार्यक्रम आयोजना गरी सम्मान व्यक्त गर्नु भएकोमा धन्यवाद दिनुभएको थियो । संघका महासचिव प्रमोदसिंह रानाभाटज्यूले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले निर्माण व्यवसायीकोे अनुभवको प्रशंसनीय कार्य गरी कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गर्नुभएको थियो ।

                कार्यक्रममा निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुकासाथै मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, सचिव विष्णुगोपाल महर्जन, कासस विष्णु खनाल,कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, सुनिल अधिकारी, गोविन्द रिजाल, दिपक उप्रेती, दिवस पराजुली, श्रीकृष्ण कर्माचार्य, भुपेन्द्र अधिकारीका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback