News & Events »

मउवा संघ महिला उद्यमी विकास समितिद्धारा तीज कार्यक्रमः



नेपाली महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ  महिला उद्यमी विकास समितिले आइतबार सास्कृतिक कर्यक्रमको आयोजना गरेको थियो ।
 
महिला उद्यमी विकास समिति सभापति निलम पण्डेको सभाध्यक्षता तथा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीको आतिथ्तामा कार्यक्रम गरीयो । संघआवद्ध महिला उद्यमीहरुलाई अमन्त्रण गरी कार्यक्रम गरीएको तीज कर्यक्रम संयोजक तथा संघका सदस्य निलम बैद्यले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, संघका अध्यक्ष राजकुमार न्यौपाने,पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, उद्योग संघ मकवानपुर अध्यक्ष ऋषिराम घिमिरे, एमाले नेता मुनु सिग्देल, नेपाल महिला संघ  जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, संघ उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवला, महासचिव महेन्द्र राउत, कोषध्यक्ष प्रमोद सिंह रानाभाट, पुर्वमहिला उद्यमी सभापति सरिदी श्रेष्ठ,निर्वतमान का.वा. सभापति देवकुमरी ढकाललगायत संघका कार्यसमिति सदस्य, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रमलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघ सदस्य तथा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य वाणिज्य संघ अध्यक्ष अरुणराज सुमर्गी, नेपाल फलफूल तथा तरकारी व्यावसायी  संघ,नारायणी मिल्क एण्ड फुड्स प्रा.लि.,गोकुल डेरी उद्योग, श्रम धानेश्वर खाद्य उद्योग, व्यावसायीहरु कृष्ण अग्रवाल, पवन अग्रवाल, दीपक, रुपक, श्याम राठी,जोगेन्द्र,सञ्जय अग्रवाललगायतबाट नगद तथा जिन्सी सामान सहयोग प्राप्त भएको सभापति पण्डेले बताउनु भयो ।
  हरितालीका तीजको धार्मीक तथा परम्परागत महत्वलाई आत्मासात् गर्दै आगामी पुस्तालाई पनि परम्पराबारे सुसुचित गर्न यस्ता कार्यक्रम सहयोगी हुने छ । तीजलाई महिलाहरुको वेदना पोख्ने हिसाबले तीजको व्रत राख्ने परम्परागत प्रचलन रहदै आएको कायक्रममा चर्चा गरिएको थियो ।
 
आपसी परिचय तथा सदभाव अभिवृद्धि गर्न एकता कायम गदै अघि बढन कार्यक्रले सहयोग पुयाउने  भएकोले कार्यक्रम गरीएको  संघले जनाएको छ । कार्यक्रममा १० जना वृद्धवद्धाहरुलाई कपडा बितरण गरिएको थियो । ६ जना वृद्धा र ४ जना वृद्धलाई एक एक थान कपडा बितरण गरिएको थियो । महिला उद्यमीहरु लायन्स क्लब अफ हेटौडा भुटवनदेवीको अध्यक्ष अंकिता  सुमर्गी र नेपाल महिला संघ ३ नम्बर क्षेत्रीय सभापति तारा कार्कीलाई सम्मान गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback