News & Events »

भ्रमण टोलीको स्वागत ः

 
    नेपाल सरकार कृषि विकास मन्त्रालय, उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP) आयोजना व्यवस्थापन कार्यालय,सुर्खेत र विभिन्न सात वटा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना संघको सभा कक्षमा गरियो । ज्ख्ब्ए सुर्खेतका क्षमता विकास अधिकृत हरिमदन अधिकारीको नेतृत्वमा आएको भ्रमण टोलीमा थप ७ वटा उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, सल्यान र अछाम उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो ।
    संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा जाजरकोट, जुम्ला र अछाम उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको थियो । भ्रमणमा पाल्नुहुने सम्पूर्णलाई स्वागत मन्तब्य दिनुहु“दै सभाध्यक्ष कटुवालले संघको वस्तु स्थितिको बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरि भ्रमणको उद्देश्य माथि प्रष्ट टोलीका संयोजक हरिमदन अधिकारीले पार्नुभएको थियो । यो कार्यक्रमको मुख्य आयोजनाको हिस्सा नेपाल उद्योग वाणिज्य महासंघ रहेको जानकारी गराउनुभएको थियो । यसको उद्देश्य बजार सूचना व्यवस्थापन र प्रसारण व्यवसायीहरुमा समन्वय, जिल्ला नगर उद्योग वाणिज्य संघको क्षमता विकास, सुधार उन्मुख विषयको पहिचान र समिक्षा मुख्य उद्देश्य राखेर भ्रमणको आयोजना गरेको जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा कालिकोट उद्योग वाणिज्य संघका प्रतिनिधिले आफ्नो संघको बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरि दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्षले आफ्नो संघको वस्तु स्थितिको बारेमा जानकारी गराउनुभएको थियो । सल्यान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षले पनि आफ्नो भनाई राख्नुभएको थियो । मन्तब्यका क्रममा अछाम उद्योग वाणिज्य संघका अध्यक्ष,जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्षहरुले आ–आफ्नो संघको बारेमा जानकारी गराउदै जिल्ला नगर उद्योग वाणिज्य संघहरु सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनुभएको थियो ।
    मन्तब्यका क्रममा संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठले जल, जमिन, यातायात र कृषि नभई विकास सम्भव नहुने जानकारी गराउनुभएको थियो । आफ्ना अनुभवहरु साट्दै कार्यगर्ने शैलीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्य रेणु ज्ञवाली,दिवस पराजुली, रविशर्मा कंडेल, छतेन्द्र आर्चाय लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रमलाई सधन्यवाद संघका कोषाध्यक्ष प्रमोदसिंह रानाभाटले समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback