News & Events »

भारतीय महावाणिज्य दुतलाई हेटौंडामा स्वागत (२०७८ माघ २)

Consul General

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार भारतीय महावाणिज्य दुतावास, बिरगंजका महावाणिज्य दुत नितेश कुमारलाई एक कार्यक्रम आयोजना गरी हेटौंडामा स्वागत गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा उक्त कार्यक्रम भएको हो । स्वागत तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले भारतीय महावाणिज्य दुतावाससंग विभिन्न समयमा सहकार्य हुदै आएको चर्चा गर्नुभएको थियो ।

छलफलमा विगतमा भारतीय महावाणिज्य दुतावासबाट संघलाई एउटा एम्बुलेन्स सहयोग प्राप्त भएको, भारतीय मजदुरहरुलाई परिचयपत्रको अभावमा भुक्तानीमा समस्या रहेकोले परिचयपत्र बनाउन महावाणिज्य दुतावासबाट सहजिकरण हुनुपर्नेलगायत विभिन्न निकासी, औद्योगिक अवलोकन भ्रमण, आपसी हित, आयात निर्यात जस्ता विषयहरुमा कार्यक्रममा छलफल भएको थियो ।

भारतीय महावाणिज्य दुत नितेश कुमारले ईन्डियन कष्टम र नेपालको भन्सार कार्यालय, बिरगंजका अधिकारीहरुहरुलाई निम्त्याई कार्यक्रम अयोजना गरी छलफल चलाउने, द्विपक्षीय समस्यहरु समाधानमा आफू क्रियाशिल हुने बताउनु भएको थियो ।
कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका प्रतिनिधिहरु ओम प्रकाश गुप्ता र मनिष कुमारको उपस्थिति रहेको थियो । संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष उज्वल चौलागाई, महासचिव दिपक उप्रेतीले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback