Notice »

उद्योग संघ मकवानपुरको नया कार्यसमितिलाई स्वागत (२०७६ पौष २८)

Lekharaj Pokhrel

मकवानपुर उद्योग बाणिज्य संघले उद्योग संघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा सोमबार स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवालले उद्योग संघ मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नुहुदै हेटौंडा राजधानी हुनु पहुचका हिसावले सहज हुने भएकोले समग्र उद्योगी/व्यवसायीहरुको समस्याहरु समाधानको पहल गर्ने दायित्व बढेको विचार व्यक्त गर्नुभयो । अध्यक्ष कटुवालले कर, बैंक व्याज जस्ता विषयहरुले सिर्जना गरेको समस्याहरुको बारेमा चर्चा गर्नुभयो । मुख्यमन्त्री, प्रमुख प्रतिपक्षि दलका नेता स्थानीय भएकोले हेटौंडा राजधानी घोषणा सहज भएको पनि उहाले बताउनु भयो । सडक विस्तारको विषयमा मउवासंघले गरेको पहलको बारेमा छलफलमा जानकारी पनि गराउनु भएको थियो ।
संघको कार्यालयमा भएको परिचय तथा सम्मानपश्चात बोल्नुहुदै उद्योग संघ मकवानपुरका नबनिर्वाचित अध्यक्ष लेखराज पोखरेलले हेटौंडा प्रदेश राजधानी भएकोले अव संघहरुले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । औद्योगिक विधेयक पारित भई लागू हुने चरणमा रहेको र विधेयकका केही प्रावधानहरुमा समस्या देखिएको उहाले बताउनु भयो । सडक विस्तारको विषय पनि छिट्टै टुङ्गिनु पर्ने विचार व्यक्त गर्नुहुदै उत्पापदनमूलक उद्योगीहरुकोलागि एक अंकको व्याजदर हुनुपर्ने बताउनुभयो । उहाले सामाजिक सुरक्षा कोष, सि.बि.ए. तथा न्यूनतम वेतन जस्ता विषयहरु बारे पनि आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, सचिव विष्णुगोपाल महर्जन, कासस रवि कडेल शर्मालगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका उपाध्यक्ष बद्रीनाथ शर्मा, महासचिव बासु कार्की, कोषाध्यक्ष किशोर अर्याल, सचिव शिवहरि आचार्य, सहकोषाध्यक्ष श्याम ढकाललगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । त्यसैगरी मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, महिला उद्यमी सभापति निलम वैद्यलगायत संघका कार्यसमिति सदस्यहरु र महिला उद्यमी सदस्यहरुको उपस्थिति रहेको थियो । दुवै संघले सहकार्य गरी अघि बढदा नीतिगत प्रावधानहरु उद्योग/व्यवसाय मैत्री बनाउन बल पुग्ने छलफलमा चर्चा गरिएको थियो ।

 

Welcome to new team of Udhyog Sangh



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback