News & Events »

बैकर्स एशोसिएनसंग छलफल (२०७७ जेठ २६ गते)

Meeting with bankers
मकवानपुर उद्योग वाणिज्य संघमा सोमबार बैकर्श एशोसिएसनसंग छलफल भएको छ । लकडाउनको अबस्थामा उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याहरुको बिषयमा बैकर्श एशोसिएसनसंग छलफल भएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडामा रहेका विभिन्न बैंकहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष कटुवालले लकडाउनको कारण सिर्जित विद्यमान कठिन परिस्थितिले उद्योगी÷व्यवसायीहरुलाई परेको विभिन्न समस्याहरुबारे जानकारी गराउनु हुंदै व्यवसायीहरु गम्भिर समस्यामा पर्दा बैंक पनि समस्यामा पर्ने भएकाले दुवैले एकअर्कालाई सघाउनु पर्ने बताउनुभयो । व्यवसायीका जायज समस्याहरुलाई बैंकको प्रधान कार्यालयसम्म पु¥याइदिन पनि उहांले आग्रह गर्नुभयो । नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले बैंकहरुलाई केन्द्रीय बैंकबाट परिपत्र नआएसम्म नीतिगतरुपमा फरक पर्नेगरी केही गर्न सक्ने अवस्था नरहने बताउनु हुंदै व्यवसायीहरुसंग स्थानीयस्तरमा एकआपसमा समन्वय गर्दै अहिलेको कठिन परिस्थितिमा अगाडी बढ्नुपर्ने बताउनुभयो । महासचिव प्रमोद सिंह रानाभाटले बैंकले किस्ताको लागि ताकेता भन्दापनि समयावधि बढाउनुपर्ने बताउनुभयो । मउवासंघका कार्यसमिति सदस्यहरु राजु अधिकारी, रुपकराज दाहाल र कृष्ण प्रसाद ढुंगानाले पूनर्कर्जाको प्रक्रियाहरु स्पष्ट नभएको र अप्ठेरो अवस्थाको बीच व्यवहारिकता नअपनाई तारन्तार बैंकहरुबाट व्यवसायीहरुलाई फोन आएको सम्बन्धमा गुनासो व्यक्त गर्नुभएको थियो । सदस्य राजु अधिकारीले व्यवसायीहरु मात्र निरन्तर पीडित हुने परिस्थिति रहेमा आन्दोलनको विकल्प नरहने धारणा व्यक्त गर्नुभयो ।

Meeting with bankers
बैकर्स एशोसिएसनका अध्यक्ष तथा बैंक अफ काठमाडौंका शाखा प्रवन्धक रमेशराज प्याकुरेलले लकडाउन अवधिको बैंक व्याजको लागि फोन सम्पर्क नगरिएको तर फागुन वा सोभन्दा अगाडीको हकमा भने बैंकहरुले फोन सम्पर्क गरेको बताउनु भयो । सधै किस्ता तथा व्याज बुझाउन मात्रै नभई ऋणमा सहजिकरणको लागि पनि फोन गर्ने गरेकोले त्रसित हुनुपर्ने अवस्था तत्काल नरहेको उहांले बताउनु भयो । साथै लकडाउन जेठ अन्तिमसम्म मात्रै भएकोले किस्ता व्याज आदिमा दिइएको छुट जेठ मसान्तसम्मको लागि मात्रै भएको बताउनुभयो । उहांले कोरोना प्रभावित र सहुलियत प्राप्त नगरेका व्यवसायीहरुलाई लकडाउन अवधिको किस्ता भूक्तानीमा बेस रेटमा नघट्ने गरी व्याजदरमा २ प्रतिशत छुट र १० प्रतिशत थप कर्जा उपलब्ध गराउन थालिएको बताउनुभयो । त्यस्तै लकडाउन अवधिको समस्यालाई ध्यान दिंदै पूनर्कर्जा एक बर्षको लागि उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो । विभिन्न बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रममा आफ्नो धारणा राख्नु भएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback