News & Events »

बैंकर्स एशोसिएसनसंग छलफल (२०७७ बैशाख ४)

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार बैंकको किस्ता तथा व्याज भूक्तानी सम्बन्धमा छलफल भएको छ । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा बैंकर्स एशोसिएसनका प्रतिनिधिहरुसंग बिहीबार बसेको बैठकमा राष्ट्र बैंकको निर्देशनपश्चात पनि हाल व्यावसायीहरुसंग बैंकको किस्ता तथा व्याज भूक्तानीका लागि ताकेता गरिरहेको सम्बन्धमा बैंकहरुको प्रष्ट धारण ल्याउन आग्रह गरिएको थियो । 

बैठकमा बोल्दै मउवासंघका उपाध्यक्ष गुप्ताले राष्ट्र बैंकको निर्देशन अनुरुप दैनिक सबै बैंकहरु खोल्नुपर्नेमा नखोलिएकाले समस्या भएको बताउनुभयो । हाल उद्योगी तथा व्यवसायीहरुले अग्रिम नगद जम्मा नगरेसम्म सामान पाउन गाह्रो भएकाले र एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफरमा समस्या भएको बताउनुभयो । उहाले हरेक दिन २ घण्टा सबै बैंक खोल्दा भिड पनि कम हुने र सबैलाई सुविधा हुने बताउनु भयो । साथै उहाले बैंकले लकडाउनको संकटग्रस्त समयमा पनि राष्ट्र बैंकको निर्देशन बिपरित ओझरड्राफ्ट खाताबाट व्याज कट्टा गरेको सम्बन्धमा प्रश्न गर्नुभएको थियो । बैठकमा मउवासंघका सचिव बिष्णुगोपाल महर्जनले बैंक ऋण भुक्तानीमा १० प्रतिशत छुट सबैले नपाएको प्रति प्रश्न गर्नुभएको थियो । संघका कार्यसमिति सदस्य राजाराम कार्कीले कतिपय बैंकहरुले चैत्र महिनाको सावा तथा ब्याज भुक्तानीको लागि ताकेता गरिरहेको बताउनुभयो ।
त्यस्तै बैंकर्स एशोसिएसन मकवानपुरका अध्यक्ष तथा बैंक अफ काठमाण्डूका म्यानेजर रमेश प्याकुरेलले व्यक्तिगत किस्ता भूक्तानीमा मात्रै व्याजमा १० प्रतिशत छुट दिइएको बताउनुभयो । उहाले राष्ट्र बैंकको परिपत्र बिना बैंकहरुले केहि गर्न नसक्ने बताउनु हुंदै बैंकहरु व्यावसायीलाई सहयोग तथा सहकार्य गर्न सधै तयार रहेको बताउनुभयो । राष्ट्र बैंकका गभर्नरले समेत हालको अवस्थाको अध्ययन भइरहेको भनिरहेको सन्दर्भमा बैंकहरुलगायत व्यवसायी पनि थप छुट तथा सुविधाका लागि पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । छलफलमा एन आइ सी एसिया बैंकका मेनेजर दिपक श्रेष्ठ, हिमालयन बैंकका म्यानेजर अनन्त चालिसे र लक्ष्मी बैंकका म्यानेजर भुवन कोइरालाको उपस्थिति थियो । सबैले ऋणीको खाताबाट अटोमेटिक रुपमा किस्ता काट्ने प्रणाली खारेज भैसकेकाले खातामा बाकी रकमबाट जबरजस्ती ओझरड्राफ्ट कर्जाको व्याज कट्टी गर्नु गलत भएको बताउनुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback