Notice »

मउवासंघ टोली पश्चिमतर्फ भ्रमणमा (२०७६ मंग्सिर २)

FarWestern visit

नेपालको पश्चिमी क्षेत्रको भ्रमणका लागि मकवानपुर उद्योग वाणिज्य संघको टोली त्यस तर्फ गएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा २०७६ मंसिर २ गते गएको २४ सदस्यीय टोलीले मंसिर ६ गतेसम्म विभिन्न जिल्ला भ्रमण गर्ने तय गरिएको छ । त्यसै क्रममा मंसिर २ गते भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालसहित त्यहाका पदाधिकारी तथा सदस्यहरुले स्वागत गरेका थिए । उक्त अवसरमा भएको स्वागत तथा छलफल कार्यक्रममा आपसी अनुभव आदानप्रदान तथा भ्रमणको उद्देश्य माथि छलफल तथा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट भ्रमण सफलताको कामना गरिएको थियो । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनादेखि हालसम्मको बिकास क्रम, संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेका सामाजिक योगदान तथा उद्योगी व्यबसायीका समस्या समाधानमा संघले गरेका पहलकदमीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
भ्रमणटोली नेपाल भ्रमण वर्ष २०२० को लोगोसहित नैनीतालसम्म पुग्नुका साथसाथै कैलाली, कोहलपुर, कञ्चनपुरलगायतका जिल्लाको भ्रमण र त्यहा स्थित उद्योग वाणिज्य संघहरुसंग भेटघाट तथा आपसी अनुभव आदानप्रदान गरिने कार्यक्रमबारे संघका अध्यक्ष कटुवालले बताएका छन् ।

Butwal CCI visit



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback