News & Events »

बिरामीलाई अक्सिजन सहयोग (२०७८ आषाढ २४)

COVID Help Desk 3.24

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बिहीबार एकजनालाई विदाई गरिएको छ । कोभिड संक्रमण मुक्त भएका उहांलाई पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल र अध्यक्ष सल्लाहकार नरोत्तम दहालले विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्कबाट बिहीबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–९, लामसुरे निवासी कोभिडको कारण बिरामी पर्नुभएका एकजनालाई अक्सिजन सहयोग गरिएको हो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback