News & Events »

छलफल कर नीतिको (2076/04/06)

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबार एक व्यवसायिक भेला सम्पन्न भएको छ । नेपाल सरकारले २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी विभिन्न कर सम्बन्धी व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको छ । तर ती व्यवस्थाहरु अव्यवहारिक रहेकोले असहजता निम्तिएको जिकिरसहित व्यवासायीहरुले भेलामा छलफल गरेका थिए । 

मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको भेलामा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, संघका उपाध्यक्षहरु कृष्ण कुमार गुप्ता, रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवहरु सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, संघका कार्यसमितिका सदस्यहरु, वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु र उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाल सरकारले आ.व २०७६/७७ बाट लागू गर्न लागेको VCTS तथा अन्य कर सम्बन्धी योजनाहरुले व्यवसायीहरुलाई परेको समस्या सम्वन्धमा संघका विभिन्न वस्तुगत सदस्यहरु तथा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए । राज्यले उद्योगी/व्यवसायीहरुको समस्यालाई समाधान गरेर सहजिकरण गर्नुपर्नेमा कार्यान्वयनमै समस्या हुनेगरी झन्झट थपिदिएको छलफलमा चर्चा गरिएको थियो । यस्ता असहज सरकारी नीतिले समस्या पारेको भन्दै देशका विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरु र अन्य व्यवसायीहरुको हितार्थ स्थापित संस्थाहरुले निरन्तर विरोध जनाइरहेको अवस्था छ ।
यसै क्रममा भेलामा सहभागि हेटौंडाका व्यवसायीहरुले २०७६ श्रावण ७ गते एक दिन आ–आफ्नो व्यवासय बन्द गरेर सरकारको उक्त निर्णय सच्याउन दवाब स्वरुप विरोध जनाउने बताएका छन् । विरोधको लागि श्रावण ७ गते विहान ८ बजे -याली निकाल्ने र -यालीमा सहभागि हुन संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले सम्पूर्ण व्यवासायीहरुलाई आग्रह गरेका छन् । नेपाल सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताकोतस्तै पूर्णरुपमा पालना गर्न सकिदैन तसर्थ त्यसको विरोध आवश्यक भएको भेलामा सहभागि वक्ताहरुले बताएका छन् ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback