News & Events »

बाईपाबास बनाउन प्रधान मन्त्री सकरात्मकः


    हेटौडा बजार क्षेत्रको २५ मिटर सडकसिमामा पर्ने संरचना जोगाउन मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलीले मंगलबार प्रधान मन्त्री शुशिल कोईरालाई ध्यानकर्षण गराएको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अगुवाईमा गएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री भेटी ध्यानकर्षण गराएको थियो । भेटमा एसियन हाईवेस“गको सडक सञ्जाल जोड्न सडक फराकीलो बनाउन लागिएको बताउ“दै प्रधानमन्त्रीले विल्पका बिषयमा मन्त्रीपरिषद् बैठकमा छलफल गर्ने बताउनुभएको छ । प्रधामन्त्रीले मकावानपुरवासीका समस्यालाई गम्भीरतापूर्वक लि“दै बाईपास सडक विकास र विस्तारमा सरकार सकरात्मक रहने प्रतीबद्धता जनाएकोमा संघका अध्यक्ष न्यौपानेले खुशी व्यक्त गर्नुभएको थियो ।भेटमा अध्यक्षेले सुरुङमार्ग निर्माणमा सरकाले निजी क्षेत्रलाई सहयोग गर्न सके यस, मार्गले देसको अर्थतन्त्र विकासमा सकरात्मक सहयोग पु¥याउने जानकारी गराउनु भएको थियो ।डिभिजन सडक कार्यालय हेटौडाले पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडक बिस्तारका लागि पटकपटक सूचना निकाल्दा हेटौडाबासी त्रसित भएको बताउ“दै समस्या समाधानका लागि प्रधामन्त्रीलाई अवगत गराइएको थियो । टोलीमा नेपाली का“ग्रस मकवानपुरका सभापति, नेपाली का“ग्रेसका नेता लामिछाने संघ पूर्वअध्यक्ष माधव रिसाल, केशवलाल श्रेष्ठ, सभासद मदन आमत्य, हेटौडाका व्यावसायी विजेन्द्र अग्रवाललगायतको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback