News & Events »

बन्दको विरोधमा शान्ति ¥याली राख्ने उद्देश्यले छलफल कार्यक्रमः


    संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा बन्दको विरोधमा ¥याली गर्ने उद्देश्येले छलफल कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । देशमा भैरहेको राजनैतिक उथलपुथलको सिकारी उद्योगि व्यवसायीहरु बनीरहेको महशुस गर्दै त्यसको विरोध आवाज उठाउन आवश्यक भएको जानकारी अध्यक्ष न्यौपानेले गराउनुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उद्योग संघका अध्यक्ष तथा पदाधिकारीहरु, जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
        उपस्थित सम्पूर्णको एउटै धारणा रहेको थियो । देशमा भैरहेको बन्द हड्ताल सधैंको लागि बन्द हुनुपर्दछ । व्यवसायीहरुले निर्धकताका साथ व्यवसाय संचालन गर्न पाउनु पर्दछ । उद्योग व्यवसायी मरे सिंगो देश नै मर्ने धारणा रहेको थियो । बन्द हड्ताल रोक्नका लागि उद्योगी व्यवसायि तथा जिल्लाका राजनैतिक दलहरु, ट्रेड युनियनहरु, तथा विभिन्न सरोकारवाला निकायहरु मिलेर शान्ति तथा सद्भाव ¥याली निकालेर बिरोध जनाउनुपर्ने भनाई आएका थिए । उक्त कार्यक्रम गर्नको लागि जिल्लाका सम्पूर्ण राजनैतिक दल, ट्रेड युनियनहरु, सरोकारवाला निकाय संग छलफल गरि निर्णय गरेर कार्यक्रमको आयोजना गर्ने निष्कर्ष सहित कार्यक्रम समापन गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback