News & Events »

बजार व्यवस्थापन सम्बन्धमा दलका प्रतिनिधिसंग छलफल ( २०७७ जेठ २३ गते)

Discussion with political leaders1

मकवानपुर उद्योग बाणिज्य संघमा शुक्रबार लकडाउनको अबस्थामा बजार व्यवस्थापन, बैंकको किस्ता तथा कर भूक्तानी लगायतका उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याहरुको बिषयमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु, राजनैतिक दलका प्रतिनिधिहरु लगायत संघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष कटुवालले बिद्यमान कठिन परिस्थितिले उद्योगी व्यवसायीहरुलाई परेको विभिन्न समस्याहरुबारे जानकारी गराउनुभएको थियोे । बैंक व्याज तथा किस्ताको सम्वन्धमा लकडाउन अवधिलाई शुन्य समय मान्दै ब्याज मिनाहा र सांवा भूक्तानी अवधि थप गर्नुपर्ने बताउनु भयो । उहांले ८ देखि ९ वटा जिल्लाहरु समय र व्यवसायिक प्रकृति मिलाई खुलिसकेको बताउनु हुंदै मकवानपुर जिल्लापनि निश्चित मापदण्ड बनाई सुचारु हुनुपर्ने बताउनुभयो । साथै कृषिलाई प्राथमिकतामा राखी सरकारले योजनाहरु बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्षद्धय उत्तम शर्मा ढकाल र जिवनकाजी माकजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले असार महिनामा मलखादको व्यवस्थापन अझ जरुरी रहेको बताउनुभयो । उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, कासस नरेन्द्र भण्डारी, माधव ज्ञवालीलगायतले मन्तव्य राख्नुभएको थियो ।

Discussion with political leaders2
नेपाली कांगे्रसका नगर सभापति तथा संघका सल्लाहकार आनन्दराम पराजुलीले व्यवसाय खोल्नुपर्छ भन्नेमा सबै एकमत रहेको तर सुरक्षा सावधानी भने व्यवसायी आफैले अपनाउनुपर्ने बताउनुभयो । त्यसैगरी संघका सल्लाहकार एकलाल श्रेष्ठले बिस्तारै समय लम्बिदै जांदा घरमा बसेर समस्या समाधान नहुने सबैले महशुस गरेकोले यातायात क्षेत्र सञ्चालन गर्ने, व्यवसाय गर्ने समयावधि लम्बाउने, व्यवसाय सञ्चालन गर्दा संक्रमण वढ्ने जोखिम हुनेहुंदा आफै सचेत रहनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले बंैक व्याज र करको समस्या ठूलो रहेको बताउनुभयो । राप्रपा नेपालका जिल्ला अध्यक्ष मधु अधिकारीले लकडाउन एउटा उपाय भएपनि समाधान नभएको बताउनु भयो । नेपाली कांग्रेसका कोषाध्यक्ष गोपी बिकले पालैपालो समयसिमा मिलाएर व्यवस्थित ढङ्गले व्यवसाय सुचारु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलले बिश्वका बिकसित देशका नागरिकहरु पनि उपचारबाट बन्चित हुन परिरहेको जिकिर गर्नुभयो । उहांले कोरोनालाई आफ्नो जीवनशैली बनाउदै व्यवसाय बिस्तारै खोल्दै जानुपर्ने भएकोले आफ्नो तर्फबाट आवश्यक पहल रहने बताउनुभयो । साथै बैंक व्याज र करको बिषयलाई उपयुक्त निर्णय लिन आफ्नो पार्टीको केन्द्र सम्म लैजाने बताउनुभयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback