News & Events »

फर्म दर्ता तथा नवीकरण सम्बन्धी नया प्राब्धानको विषयमा अन्तरक्रियात्मक कार्यक्रम



संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको सभापतित्वमा तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमल घिमिरेको प्रमुख आतित्थ्यतामा फर्म दर्ता तथा नवीकरण सम्बन्धी नया“ प्राब्धानको विषयमा जानकारीमूलक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना संघको सभा कक्षमा आयोजना गरियो ।
कार्यक्रममा वस्तुगत संघका अध्यक्षहरु तथा संघका कार्यसमितिका पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमल घिमिरेले व्यवसाय दर्ता तथा नविकरण प्रक्रियाको बारेमा सहजीकरण गर्नुभएको थियो ।व्यवसायको किसिम अनुसारको नियमको बारेमा जानकारी गराउनुभएको थियो ।प्राइभेट फर्मको वर्गीकरण र न्यूनतम पू“जीको बारेमा बताउनुभएको थियो । आयात निर्यातको उद्देश्य राखी दर्ता हुने फर्मको हकमा समुन्द्रपार र भारतको हकमा व्यवसायको प्रकृति हेरि छुट्टाछुट्टै न्यूनतम पारिश्रमिक तोकिएको जानकारी गराउनुभयो । २ करोड सम्म स्थिर पूंजी भएको उद्योग र २  करोड सम्म लगानी हुने व्यवसाय जिल्लामै दर्ता हुने । ३ करोड सम्म लगानी हुने उद्योग जिल्लाबाट सिफारिश गरी विभागमा पठाइने सो भन्दा बढी लगानी भएमा उद्योग विभागमा जानुपर्ने । २ करोड भन्दा माथि लगानी हुने व्यापार दर्ता गर्न कार्यालयको सिफारिश सहित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा जानुपर्ने । कम्पनी रष्जिट्रारको कार्यालयमा दर्ता गरेपछि व्यापार गर्दा हुने तर उद्योग हकमा सम्बन्धीत घरेलु कार्यालयमा दर्ता गरेर मात्र काम शुरु गर्नुपर्ने । दर्ता दस्तुर रु. १०० मात्र लाग्ने समेत जानकारी गराउनुभएको थियो ।
उद्योग व्यवसायको नवीकरण तथा तोकिएको समयमा नविकरण नगरेमा लाग्ने जरिवानाको निम्नानुसार जानकारी गराउनुभएको थियो ।
उद्योग व्यवसायको प्रमाण पत्रमा नवीकरण गर्ने अवधि उल्लेख भएको हुन्छ । ०७१ श्रावण पछि दर्ता भएको उद्योगको÷व्यापारको नवीकरण अवधि ५ वर्षको हुन्छ । उद्यमीले आफ्नो प्रमाण पत्र हेरी नवीकरण गर्नुपर्ने अवधि नाघेको ३५ दिन भित्र निम्न प्रमाण साथ कार्यालयमा सम्पर्क गरी नवीकरण गराई सक्नु पर्दछ । रु. १० को टिकट टांसेको निवेदन÷फाराम,सक्कल प्रमाण पत्र, अघिल्लो आ.व. को कर तिरेको निस्सा (असोज÷पुस मसान्त सम्म त्यसपछि सोही आ.व.को ), स्थायी लेखा नंवरको प्रतिलिपि ( एक पटक मात्र ,५० लाख वा सो भन्दा बढी पूंजी भएको फर्मको हकमा लेखा परीक्षण प्रतिवेदन, प्रमाण पत्रको प्रतिलिपि लिनुपर्ने भएमा फर्म धनी स्वयं फोटो सहित उपस्थित हुनुपर्दछ ।
 
तोकिएको समयभित्र नवीकरण नगरेमा ः
ड्ड    ३५ दिन क६ेको मितिले घ महिना सम्म दोव्वर दस्तुर, ३ महिना देखी १ वर्ष सम्म तेव्वर दस्तुर १ वर्ष पछि प्रत्येक नवीकरण अवधिको तेव्वर दस्तुर र २० लाख सम्म पूंजी भए प्रतिवर्ष, रु.२५०० का दरले जरीवाना । (हाल विद्यमान विशेष व्यवस्था )
ड्ड    २०६० चैत्र मसान्त पछि दर्ता वहाल रहेका फर्महरु उद्यमीले लगत कट्टा नगरे सम्म रहिरहन्छ ।  यस्ता फर्म लगत कट्टा गर्दा उपरोक्त अनुसार नविकरण नभएको भएमा नविकरण दस्तुर र  जरीवाना तिरेर मात्र लगत कट्टि हुन्५ । ०६० चैत्र मसान्त पछि अवधि वांकी नरहेका फर्महरु भने रु.१०० दस्तुर लिई लगत कट्टि गरिन्छ ।
ड्ड    नवीकरण, नामसारी, संसोधन लगाएत कार्य गर्नको लागि यस कार्यालयमा आउदा साविक पूंजी हालको मापदण्ड अनुसार नभएमा पूंजी थप गरी पहिले तिरेको राजश्व घटाइ थप हुने राजश्व बुझाउन पर्दछ ।
    कार्यक्रममा उद्योग व्यापारको नामसारी, ठाउ“सारी, पू“जी बृद्धि ÷ उद्देश्य थप, आइ इ इ प्रतिवेदन तयार, व्यवसाय खारेजी लगायतको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपस्थित व्यक्तित्वहरुको जिज्ञासाको समेत समाधान गर्नुभएको थियो ।
    कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन संघको उपाध्यक्ष ध्रुवप्रसाद पराजुलीले गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback