News & Events »

फर्म दर्ता तथा नविकरण र कर सम्बन्धि अन्र्तक्रिया कार्यक्रम



संघका महासचिव  तथा कर संयोजक महेन्द्र राउतको संयोजकत्वमा फर्म दर्ता तथा नविकरण र कर सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । कार्यक्रममा मकवानपुरका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक व्यवसायीहरुको लागि फर्म दर्ता, नविकरण प्यान÷भ्याट सम्बन्धि प्रावधान तथा शंसोधित प्रावधानहरुको बारेमा घरेलु तथा साना उद्योगका प्रमुख कमल प्रसाद घिमिरे र आन्तरिक राजस्व कार्यालयका अधिकृत द्धेय राधेश्याम दाहाल, लक्ष्मण श्रेष्ठले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यवसायीहरुले राखेका जिज्ञासाहरुलाई अतिथीहरुले नै समाधान गर्नु भएको थियो ।आन्तरिक राजस्व कार्यालयमा प्राप्त परिवर्तित प्यान तथा भ्याट सम्बन्धि ऐनको बारेमा प्रष्ट पार्नृ हुदै संशोधित प्रावधान अनुसार घरधनीहरुले पनि अनिवार्य प्यान लिनुपर्ने र थ्रेसहोल्ड बढेर ५० लाख भएता पनि त्यसको कर सम्बन्धित प्रावधान थप भएकोले सम्पुर्णले त्यो सम्बन्धि जानकारी लिन आवश्यक रहेको जानकारी गराउनुभएको थियो ।
                      सभाध्यक्षले व्यवसायिहरुमा रहको समस्याहरुलाई समाधानको पहल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गरियो ।
                      कार्यक्रममा संघका कार्य समिति सदस्य छतेन्द्र आचार्य, काब्यमणि अधिकारी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक व्यवसायी संघका अध्यक्ष, मोबाईल एशोसियसनका अध्यक्ष तथा पदाधिकारीहरु, व्यवसायीहरुलगायतकाको उपस्थिती रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback