News & Events »

प्रहरी उपरीक्षकज्यूको विदाई । (२०७५ असार ५)

संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठज्यूको विदाई कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको विदाई कार्यक्रममा मन्तव्य राख्नुहु“दै अध्यक्ष कटुवालले उपरीक्षक श्रेष्ठले छोटो अवधिमा यस क्षेत्रमा अपराध न्यूनिकरणमा पु¥याएको सहयोगकालागि धन्यवाद दिनुभएको थियो । हराएका मोबाईल फिर्ता गर्ने, लागु पदार्थ ओसारपसारमा कमी, अपराधीहरुको पक्राउ गर्ने, सिसिटिभी मर्मतकालागि सहयोग जुटाउने कार्यको प्रशंसा गर्नुहु“दै अध्यक्ष कटुवालले श्रेष्ठको आगामी दिनको सफलताको कामना गर्नुभएको थियो ।

प्रहरी उपरीक्षक श्रेष्ठले छोटो समयमा आफुले सक्दो गर्ने प्रयास गरेको बताउनुभएको थियो । आपूmले गरेका हरेक कृयाकलापहरुमा आफुलाई सबैको साथ प्राप्त भएकोमा सबैलाई धन्यवाद दिनुहु“दै सकारात्मक सोचकासाथ सामुहिक रुपमा एक भई अघि बढ्न सुझाउनुभएको थियो । विदाई कार्यक्रममा अध्यक्ष कटुवालले उपरीक्षक श्रेष्ठलाई संघको तर्फवाट खादा, माला लगाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिमी क्षेत्र समिति सभापति गोविन्द रिजालज्यूले उपरीक्षक श्रेष्ठले पु¥याउनुभएको कार्यको प्रशंसा गर्नुभएको थियो । समापन मन्तव्य राख्नुहु“दै संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले उपरीक्षक श्रेष्ठबाट छोटो अवधिमा भए गरेका कार्य निकै नै राम्रो भएकाले आगामी दिनमा संघले पनि उहा“को सुझावको कार्यन्वयन गर्ने बताउनुभएको थियो । महासचिव प्रमोदसिंह रानाभाटले संचालन गर्नुभएको कार्यक्रममा संघका सचिव विष्णुगोपाल महर्जन, कासस तथा महिला उद्यमी सभापति निलम वैद्य, कासस कृष्णहरि बर्तौला, राजाराम कार्की, कृष्णप्रसाद ढुगाना, सुनिल अधिकारी, दिपक उप्रेती, वालकुमार मल्ल, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback