News & Events »

प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईको स्वागत (२०७८ आषाढ २०)

Welcome Program (1)
बागमती प्रदेश युवा परिषद्का नव नियुक्त उपाध्यक्ष सन्तोष चौलागाईको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार उक्त स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहालको पनि संघले स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहाल, प्रदेश युवा परिषद्का अध्यक्ष सन्तोष चौलागाईले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा संघका अध्यक्ष कृष्ण कटुवालले बधाईसहित उहांहरुको सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहालले जिल्ला युवा समिति मकवानपुरले गर्ने कामहरु बारे बताउनु भएको थियो । त्यसैगरी प्रदेश युवा परिषद्का अध्यक्ष सन्तोष चौलागाईले युवाहरुलाई उद्यमशील बनाउनु पर्ने, खेलकुदलगायतका रचनात्मक क्रियाकलापहरुमा आकर्षित गर्नुपर्ने, युवा लक्षित कार्यक्रमहरु एकद्धार प्रणालीबाट अघि बढाउनुपर्नेलगायतका विचारहरु व्यक्त गर्नुभएको थियो भने मकवानपुर उद्योग वाणिज्य संघसंग युवाहरुलाई उद्यमशील बनाउन सहकार्य हुने बताउनु भएको थियो ।

Welcome Program (3)



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback