News & Events »

प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुसंग छलफल । (२०७४ माघ १७)

 

                संघले मकवानपुरका प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुसंग छलफल गरेको छ । सरकारले देशका सातै प्रदेशको अस्थायी राजधानी तोकेसंगै हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी तय गरेपछि आगामी दिनमा राजधानीलाई व्यवस्थित बनाउन निजी क्षेत्रको भूमिकाको विषयमा सो छलफल गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको छलफलमा प्रतिनिधि सभा सदस्य माननीय विरोध खतिवडाज्यूले राजधानी स्थान्तरणकालागि मात्र मतदान प्रकृया पूरा गर्नुपर्ने भएकोले सरकारले हाल तय गरेको राजधानी नै स्थायी राजधानी भएको बताउनुभएको थियो । छलफल कार्यक्रममा अर्का प्रतिनिधि सभा सांसद माननीय कृष्णप्रसाद दाहालज्यूले आफ्नो दल हेटौंडा राजधानीकालागि सकारात्मक रहेको बताउनुभएको थियो ।

                छलफल कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाली का“ग्रेस मकवानपुर जिल्ला सभापति माननीय इन्द्रबहादुर बानिया“ज्यूले आफ्नो दलले हेटौंडालाई समर्थन नगरे दल नै परित्याग गर्न सक्ने चेतावनी दिनुभएको थियो । प्रदेश सभा सदस्य माननीय डोरमणि पौडेलज्यूले सबै निजी क्षेत्रले यहा“ राजधानी कायम गर्नकालागि सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । छलफल कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मुनु सिग्देल, जुनेलीमाया श्रेष्ठ, सन्तबहादुर चेपा·को सहभागिता रहेको थियो । छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, निर्माण व्यवसायी संघ मकवानपुरका तात्कालिन अध्यक्ष आनन्दराम पराजुली, होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्मा खरेल, नेकपा माओवादी केन्द्रका प्रकाश पाण्डेज्यूको उपस्थिति थियो भने संघका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यज्यूहरुसहित जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । महासचिव प्रमोदसिंह रानाभाटज्यूले सञ्चालन गर्नुभएको छलफल कार्यक्रमलाई संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले धन्यवादज्ञापनसहित समापन गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback