News & Events »

प्रजिअको स्वागत कार्यक्रमः


संघले नव आगन्तुक प्रमुख जिल्ला अधिकारीको स्वागतमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मकवानपुरका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी प्रजिअ केशवराज घिमिरेले आफू जिल्लाको प्रशासक नभई प्रवन्धक वन्ने वताउनुभएको  थियो । निरंकुश राज्य व्यवस्थामा जस्तो क८ा स्वभावको शासक नभई जिल्लामा सरोकारवालासंग समन्वय गरी आवश्यक र उचित काम कारवाही गर्न प्रवन्धकको भूमिकामा सक्रिय हुने प्रजिअ ३िमिरेको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारीको रुपमा आफू सहज पहु“चमा रहने उल्लेख गर्दै ३िमिरेले यस अ३िका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालसंग पनि आफूले आवश्यक सुझाव लिएर आएको जानकारी गराउनु भयो । कार्यक्रममा बोल्नुहु“दै प्रजिअ ३िमिरेले यस अघि आफू देशका विभिन्न स्थानमा वसेर काम गर्दा हेटौडा नगरलाई नमूना मानेर काम गर्ने गरेको समेत बताउनुभयो । उहांले संकटको वेलामा पनि कसरी काम गर्न  सकिन्छ भन्ने विषयमा ध्यान दिनु जरुरी रहेको औल्याउनु भयो । औद्यौगिक जिल्लामा प्रमुख भई आउनु भएका घिमिरेले आफू उद्योग व्यवसायको क्षेत्रका  वारेमा अनभिज्ञ नभएको भन्दै निजी क्षेत्रको पहलमा मात्रै मुलुकको विकास हुन सक्ने र सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने  नीति लिएर  लोककल्याणकारी काममा ध्यान दिनु जरुरी रहेको वताउनु भयो ।
मकवानपुर जिल्लामा यस अ३ि लागू औषध न्यूनिकरणका लागि सकारात्मक काम भएको पाएको उल्ल्ेख गर्नु हुदै प्र.जि.अ ३िमिरेले आफूले पनि लागु औषध निर्मूलै पार्न आवश्यक पहल गर्ने बताउनु भयो ।

    कार्यक्रममा सभाध्यक्षता गर्नुभएका संघका अध्यक्ष भुवनलाल श्रेष्ठले उद्योगी व्यवसायीहरुले राज्यवाट पाउने सेवा सुविधा पर्याप्त नपाएको भन्दै आगामी दिनमा व्यवसायको क्षेत्रमा नया“ कार्य हुनेमा आशा व्यक्त गर्नुभयो । उहा“ले उद्योगमा व्यापक मात्रामा श्रमको समस्या रहेकोले उद्योगमा मैत्रीपूर्ण वातावरण हुन नसकेको औल्याउनु भयो । नेपाल सरकारबा६ वाईपास निर्माण कार्यमा छुट्याएको वजेट कमी रहेको उहा“को भनाई थियो । उह“ंले प्रजिअलाई प्रमुख मार्ग निर्देशकको रुपमा कार्य गर्न आग्रह गर्नुभयो ।सं३को आयोजनामा भएको कार्यक्रममा सं३का पूर्व अध्यक्ष जीवनकाजी माकजु, पश्चिमी क्षेत्रका सभापति गोविन्द प्रसाद रिजाल, संघका सल्लाहकार तथा हाटल एशोसियसन मकवानपुुरका अध्यक्ष भगिरथ शर्मा, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु, पत्रकारहरु लगायतकाको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback