News & Events »

प्रजिअ रामप्रसाद थपलियाज्युको स्वागत

प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको सम्मानमा स्वागत कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । संघका अध्यक्ष राजकुमार न्यौपानेज्यूको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै जिल्लाको वस्तु स्थितिको बारेमा जानकारी संघका अध्यक्ष राजकुमार न्यौपानेले गराउनुभएको थियो ।
 उपभोक्ता मञ्चका सचिव बासु खतिवडाले कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको कार्यकालको शुभकामना व्यक्त गर्नुहु“दै स्वच्छ र शुद्धतासहितको बजार हुनुपर्ने धारणा राख्नुभएको थियो । पेय पदार्थमा देखिएको समस्या प्रति प्रजिअको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरि कार्यक्रममा होटल एशोसियसनका शालिकराम शर्माले होटलहरुमा कुनैपनि किसीमको समस्या उत्पन्न हुनुनदिन प्रयासरत रहने जानकारी गराउनुभएको थियो ।त्यसैगरि कार्यक्रममा उद्योग संघका अध्यक्ष ऋिषिराम घिमिरेले उद्योगमा हुने बन्द हड्ताल समस्याको रुपमा रहेको र त्यसलाई समाधान गर्न प्रजिअको सहयोगको आवश्यकता हुने जानकारी गराउनुभएको थियो ।
त्यसैगरि कार्यक्रममा संघका पूर्व अध्यक्ष दिपकप्रसाद श्रेष्ठले व्यवसायी आर्फैमा एक उपभोक्तापनि भएकोले अनुगमनको पाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुहु“दै प्रजिअको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।त्यसैगरि संघका पूर्व अध्यक्ष्ँ तथा मध्यमाञ्चल क्षेत्रीय उवा संघका अध्यक्ष अरुणराज सुमार्गीले होटलहरुमा छापामार्ने पवृति अव्यवहारिको रहेको जानकारी गराउनुभएको थियो । साथै २५ मिटरको समस्याको बारेमा जानकारी गराउनुभएको थियो । साथै प्रजिअको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रजिअ थपलियाले सरकारले मात्र सबै क्षेत्रको विकास गर्ने धारणा नराखी समग्र विकासको लागि निजि क्षेत्रबाट कदम अघि बढाउन आग्रह गर्नुभएको थियो । आफुले उदयपुरमा गरेको केहि परिवर्तनको स्मरण गराउंदै थपलियाले शान्ति सुरक्षामा कुनै कमी नहुने हुनाले ढुक्क भएर लगानी गर्न सल्लाह दिनुभएको थियो । आफुले नितीगत समस्या तत्काल सुल्झाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रमुख तथा प्रतिनिधिहरु, संघका कार्यसमितिका पदाधिकारी तथा सदस्य, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback