News & Events »

प्रजिअ गोबिन्द प्रसाद रिजालको स्वागत ( २०७७ कार्तिक १८)

CDO Welcome1

मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवाल तथा पदाधिकारी तथा कार्यसमिति टोलीले जिल्ला प्रशासन कार्यलय, मकवानपुरको प्रजिअ कार्यकक्षमै उहा“लाई स्वागत गर्नुभएको हो । मउवासंघ अध्यक्ष कटुवालले कोभिड १९ लगायत विविध क्रियाकलापहरुमा मउवासंघसंग गर्दैआएको समन्वय र सहकार्यको निरन्तरता हुने आशा व्यक्त गर्नुभयो । उहा“ले देशभरी कोरोनाको उपचारका लागि समस्या रहेको बताउनुहु“दै भेन्टिलेटर तथा आइसियूको जिल्लामा अभाव रहेको बताउनु भयो । हालै नगर क्षेत्रमा एम्बुलेन्सको पनि समस्या देखिएको बताउनुभयो । प्रजिअ रिजालले आफुले प्रजिअकै रुपमा ७÷८ वटा जिल्लामा कार्यगर्दा कहिपनि समस्या नभएको साथै मकवानपुरमा पनि यसअघि नराम्रो कहिल्यै नसुनेको कारण कार्यसम्पादन गर्न सहज हुने आशा व्यक्त गर्नुभयो । उहा“ले जिल्लाभित्रका नागरिक समाज, पत्रकारलगायत सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउनुहु“दै मउवासंघसंग पनि परिआएका विभिन्न समस्या समाधानमा उचित सहकार्य रहने बताउनुभयो । मउवासंघको आउ“दै गरेको वार्षिक सभा तथा निर्वाचन कार्यक्रम सन्दर्भमा प्रजिअ रिजालले स्कुल तथा कलेजहरु भर्खरै खुल्दै गरेकाले आउ“दा दिनहरुमा घुलमिल भई कार्यगर्न सकिने सरकारको निर्णय भए सुरक्षा सावधानी अपनाउदै गर्न सकिने बताउनुभयो । नगरक्षेत्रमा देखिएको एम्बुलेन्सको समस्या समाधानका लागि उपायहरुको खोजी भइरहेको पनि उहा“ले बताउनुभयो । मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले मकवानपुर जिल्लामा नागरिक समाजलगायत अन्य निकायहरुसंग राम्रो समन्वयात्मक वातावरण रहेको बताउनुभयो ।


स्वागत कार्यक्रममा बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव बिष्णुगोपाल महर्जन, कार्यसमिति सदस्य कुलप्रसाद चौलागाईको सहभागिता रहेको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback