News & Events »

पू“जी बजार सम्वन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवम् अन्तत्र्रिmया कार्यक्रम । (२०७५ बैशाख ६)

                संघ र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पू“जी बजार सम्वन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवम् अन्तत्र्रिmया कार्यक्रम संघको सभाहलमा आयोजना गरिएको छ । संघका अध्यक्ष कृष्ण कटूवालज्यूको सभापतित्व तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालज्यूको प्रमुख आतित्थ्या एवम् तात्कालिन प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढाज्यूको विशेष आतित्थ्यतामा भएको थियो ।

                कार्यक्रममा प्रमुख अतिथि खुलालले सानो सानो पू“जीले पनि राष्ट्र निर्माणमा सहयोग पुग्ने भएकाले शेयर कारोबार बारे व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताउनुहु“दै सुरक्षित लगानीको वातावरण तयार गर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण रहने बताउनुभएको थियो । विशेष अतिथि बुढाले शेयर कारोबारमा नया“ प्रविधिहरु आएकाले यसको विषयमा सबैले जान्नुपर्ने बताउनुभएको थियो ।

                नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीज्यूले धितोपत्र बजारको पछिल्लो अवस्थाको विषयमा जानकारी गराउनुहु“दै विगतमा भन्दा अहिले सेवाहरु परिस्कृत र सरलीकृत हु“दै गएको बताउनुभयो । बोर्डका उप–निर्देशक तथा प्रशिक्षक नारायणप्रसाद शर्मा र सिडिएस क्लिरि· लि. का बरिष्ठ अधिकृत सुरज कार्कीज्यूले सहजीकरण गर्नुभएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, संघका एशोसियट, बस्तुगत र साधारण सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback