News & Events »

पूर्वअध्यक्ष श्रेष्ठको शोकसभा

संघका पूर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा शोकसभाको आयोजना गरिएको छ । गत मंसिर १७ गते निधन भएका श्रेष्ठको स्मृतिमा संघको आयोजनामा शोकसभा भएको थियो । १३ औं दिनको पुण्यतिथिका दिन संघको भवनमा शोकसभाको आयोजना गर्दै उहा“को निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
    संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा शोकसभा भएको थियो । सभामा मकवानपुरका सञ्चारकर्मी, संघका कार्यसमिति सदस्य, पदाधिकारी, पूर्व अध्यक्ष तथा शुभेच्छुकको सहभागिता रहेको थियो । शोकसभामा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले मकवानपुरको औद्योगिक विकासमा श्रेष्ठको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । जीवनभर निस्वार्थ ढंगले समाजसेवामा लागिरहेको भन्दै ढकालले श्रेष्ठको खलेर प्रशंसा गर्नुभयो । श्रेष्ठ लामो समय राजनीतिमा पनि सक्रिय हुनुभएको थियो । उहा“ले नेपाली कांग्रेस मकवानपुरस“ग आवद्ध भएर काम गर्नुभएको थियो ।
    वि.सं. १९९९ साल मंसिर २८ गते जन्मनुभएका श्रेष्ठ लामो समयदेखि  शारीरिक अशक्तताका कारण हि“डडुल गर्नसमेत सक्नुभएको थिएन । उहा“को ७१ वर्षको उमेरमा निधन भएको हो । निधनप्रति जिल्लाको राजनीतिक दल तथा उहा“का शुभचिन्तकहरुले पनि शोक व्यक्त गरेका छन् । श्रेष्ठको पत्नी दुई छोरा र एक छोरी छन् ।
     संघका निवर्तमान अध्यक्ष अरुणराज सुमार्गी, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष ध्रुवप्रसाद पराजुली, राजकुमार न्यौपाने, महासचिव माधव न्यौपाने, कोषाध्यक्ष दीपकशर्मा ढकाल, कार्य समिति सदस्य सरिदि श्रेष्ठ, निलम वैद्यलगायतको सहभागिता रहेको थियो ।   



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback