News & Events »

पहिलो भर्ना हुनुभएको संक्रमितलाई विदाई (२०७८ आषाढ १)

COVID Help Desk3.01
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा मंगलबार बेलुकासम्ममा १९ जना संक्रमित भर्ना हुनुभएको छ । पल्पसा आइसोलेशन सेन्टरमा भर्ना हुनुभएको पहिलो संक्रमितलाई नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार १४ दिनपश्चात मंगलबार विदाई गरिएको छ । साथै उहांलाई हेटौंडा–५ स्थित घरमै हेल्प डेस्कको साधनबाट पु¥याउने व्यवस्था गरिएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताउनु भएको छ ।
हेल्प डेस्कबाट मंगलबार २ सिलिण्डर अक्सिजन सहयोग गरिएको हेल्प डेस्कका सदस्य सरोज खनालले जानकारी गराउनु भएको छ । हेटौंडा–५, पिप्लेका एकजना र हेटौंडा–१९, बस्तिपुरका एकजना बिरामीलाई अक्सिजन सहयोग उहांले बताउनु भएको छ ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट सोमबार १३ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । सबैजना संक्रमितले घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।

कोभिड हेल्प डेस्क मकवानपुरलाई व्यवसायीहरुबाट रु. ५१,०००।– सहयोग प्राप्त भएको छ । कोभिड हेल्प डेस्कका सदस्य पवन कुमार अग्रवालको संयोजनमा उक्त रकम सहयोग प्राप्त भएको हो । सहयोग गर्नुहुनेमा पवन कुमार अग्रवाल, अनिलभक्त श्रेष्ठ, राजेश लामिछाने, दिनेशमणि भण्डारी, विजय खड्का, रुपक वर्णवाल, रामशरण सापकोटा, जोगेन्द्र केसरी, श्याम लोहनी, चिरञ्जिवी खतिवडा, समेन्द्र पौडेल, दिलिश गोविन्द जोशी, राजेश वाग्ले, अन्सुल अन्सु वर्णवाल, राजदेव वानिया, अमित मानन्धर र दामोदर पाठक हुनुहुन्छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले सहयोग रकम बुझ्नुभएको थियो भने रकम हस्तान्तरण कार्यक्रममा सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, बासु खतिवडा, कुमार पौडेल, ज्ञानेन्द्र कार्की, मउवासंघका उपाध्यक्ष गणेश भेटुवाल, कोषाध्यक्ष अनिल अग्रवाल, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको उपस्थिति रहेको थियो । त्यसैगरी एग्रो थाई फुड्सबाट राजेश लामिछानेमार्फत ९६ थान जुस सहयोग प्राप्त भएको छ ।

COVID Help Desk3.1



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback