News & Events »

पल्पसा परिसरमा दशैं राहत सामग्री वितरण (२०७७ कात्तिक ५)

मकवानपुर उद्योग वाणिज्य संघले बुधबार ८० विपन्न परिवारलाई दशैं राहत सामग्री वितरण गरेको छ । कोभिड १९ को कारण प्रभावित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैं राहत सामग्री वितरण गरिएको हो ।

Food distribution1

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा राहत सामग्री वितरण गरिएको थियो ।

Food distribution11

प्रमुख अतिथि सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघले आपतकालिन अवस्थाहरुमा अग्रणी भूमिका खेल्दै आएको र त्यसैको निरन्तरताकोरुपमा यो कोरोनाको अवधिमा गरेको थुप्रै कार्यहरु मध्ये विपन्नलाई राहत सामग्री वितरण कार्यक्रम एक रहेको बताउनु भयो । यो रोगको बारेमा हेलचेक्र्याई नगरी, वडा दशैं पनि भीडभाड नगरी फरक तरिकाले मनाउनु पर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गुर्नपर्ने धारणा राख्नुहुदै वडा दशैं २०७७ को शुभकामना व्यक्त गर्नु भएको थियो । महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा हेटौंडा–११ का वडा सदस्य जुनु दहाल प्याकुरेल, कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ता, उपाध्यक्ष रामप्रसाद न्यौपाने र सचिव सन्तोष कुमार अर्यालको आतिथ्यता रहेको थियो ।

Food distribution112

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback