News & Events »

पल्पसा आइसोलेशनबाट ६ जना विदाई (२०७८ आषाढ १७)

COVID Help Desk 3.17
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बिहीबार ६ जना संक्रमण मुक्त हुनुभएकाहरुलाई विदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिलिप श्रेष्ठको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम आयोजना गरी उहांहरुलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य सरोज खनाल र मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि दिलिप श्रेष्ठले संक्रमण मुक्त भएपनि केहि समय घरबाहिर हिडडुल नगर्न सुझाउनु भएको थियो । कोभिडको प्रभावलाई वास्ता नगरी संगै खेल्ने, संगै काम गर्ने जस्ता प्रवृत्तिले संक्रमण बढाएको उहांले बताउनु भयो । संक्रमण मुक्त भएकाहरुलाई पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, सदस्य सुनिल अधिकारीलगायतले विदाई गर्नुभएको थियो ।

COVID Help Desk 3.16 (1)

पल्पसा आइसोलेशन सेन्टरबाट ४२ जना कोभिड संक्रमितहरुलाई फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये एकजना पल्पसा आइसोलेशन सेन्टरमा भर्ना हुन आउनुभएको छ भने बाकी ४१ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । पल्पसा आइसोलेशन सेन्टरका स्वास्थकर्मीबाट दैनिक फोनसम्पर्क गरी संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिने गरिएको छ ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । बिहीबार संघका सचिव तथा प्रवक्ता कार्यमणि अधिकारीको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback