News & Events »

पल्पसा आइसोलेशनबाट विदाई (२०७८ आषाढ १९)

COVID Help Desk1 6
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट शनिबार एकजना संक्रमण मुक्त हुनुभएकाहरुलाई विदाई गरिएको छ । मध्यमाञ्चल आयुर्वेदिक औषधालयका डाक्टर श्रृष्टी श्रेष्ठबाट उहांलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा डाक्टर श्रृष्टी श्रेष्ठ, हेल्प डेस्कका सदस्य सरोज खनाल र मउवासंघका उपाध्यक्ष गणेश भेटुवालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, पल्पसा आइसोलेशन सेन्टरका स्वास्थ्यकर्मीहरु, संक्रमण मुक्त हुनुभएकाको परिवारका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । शनिबार संघका उपाध्यक्ष गणेश भेटुवालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback