News & Events »

पल्पसा आइसोलेशनबाट बुधबार ५ जनालाई विदाई (२०७८ आषाढ २३)

COVID Help Desk 3.23
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बुधबार पांच जनालाई विदाई गरिएको छ । कोभिड संक्रमण मुक्त भएका उहांहरुलाई हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले विदाई गर्नुभएको थियो । बुधबार नै एकजना नयां कोभिड संक्रमित भर्ना हनुभएको छ ।

COVID Help Desk 3.23 (1)

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । बुधबार संघका सचिव सन्तोष कुमार अर्यालको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback