News & Events »

पल्पसा आइसोलेशनको लागि दुईजना व्यवसायीबाट सहयोग (२०७८ जेष्ठ २७)

COVID Help Desk27

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बिहीबार दुई सिलिण्डर अक्सिजन सहयोग गरेको छ । हेटौंडा–५, पिप्लेका एकजना र हेटौंडा–९ का एकजना गरी जम्मा दुई जनालाई सहयोग गरिएको हो ।

कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा बिहीबार बेलुकीसम्ममा १६ जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये ९ जना महिला र ७ जना पुरुष हुनुहुन्छ ।
पल्पसा आइसोलेशन सेन्टरमा जडित ईन्टरनेटको लागि बापु सप्लायर्सका प्रोपाइटर पुष्पराज पुडासैनीबाट रु. ७,९००।– बराबरको तार सहयोग प्राप्त भएको छ । त्यसैगरी जय कालिका हार्डवेयर एण्ड सप्लायर्सका प्रोपाइटर कृष्ण बहादुर कार्कीबाट रु. २१,०००।– बराबरको बाथरुमका सामानहरुको लागि सहयोग प्राप्त भएको छ ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट बिहीबार २५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये ५ जना अस्पतालमा र २० जना घरमै रहेको बताउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback