News & Events »

पल्पसा आइसोलेशन बुधबार उद्घाटन हुने (२०७८ जेष्ठ १८)

COVID Help Desk13

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालन गर्नको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डि.सि.सि.यम.सि. बैठकबाट स्वीकृति भएपश्चात आवश्यक पूर्वाधार व्यवस्था गरी बुधबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । संक्रमितको कारण परिवार र समाजमा थप संक्रमण फैलिन नदिन र स्वास्थ्यकर्मीको प्रत्येक्ष निगरानीको लागि आइसोलेशन प्रभावकारी हुने भएकोले सचेत संक्रमितहरु आइसोलेशनमा रहनु उपयुक्त हुन्छ । पल्पसा आइसोलेशनमा ३० वटा बेडको व्यवस्था गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रमन झा र अनन्त बास्तोलाले पल्पसा आइसोलेशन सेन्टरको लागि तयार गरिएको पल्पसा सभागृहको मंगलबार अवलोकन गर्नुभएको छ । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखबाट पल्पसा आइसोलेशन सेन्टरको मंगलबार अवलोकन गरी नीतिगत सुझावहरु दिनुभएको थियो । कोभिड हेल्प डेस्क मकवानपुरका स्वास्थ्यकर्मीसहितको टिमले पल्पसा आइसोलेशन सेन्टर प्रभावकारीरुपमा संचालन गर्न मंगलबार गौरीटार आइसोलेशनको अवलोकनसमेत गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रुपकराज दहालले कोभिड हेल्प डेस्क मकवानपुरलाई अक्सिजन सिलिण्डरको लागि दुईथान रेगुलेटर सहयोग गर्नुभएको छ ।
मंगलबार कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट ३८ जना संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । जसमध्ये एकजना हस्पिटलमा र बाकी ३७ जना घरमै रहेको जानकारी गराएका थिए । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने र समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गर्ने गरिएको छ ।
पल्पसा आइसोलेशन सेन्टरको तयारी पूरा
पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले पल्पसा आइसोलेशन सेन्टरको तयारी पूरा भएको जानकारी गराउनु भएको छ । अब ईच्छुक संक्रमित आउन वा संक्रमितको परिवारले पल्पसा आइसोलेशनमा संक्रमितहरुलाई ल्याउन सक्ने श्रेष्ठको भनाई थियो । स्वास्थ्यकर्मीहरुको निरन्तर रेखदेख रहनेगरी आइसोलेशनको लागि झुल, तकियासहितको ३० वटा बेड, नुहाउनको लागि चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको छ । फेरीपनि सेवा गर्ने क्रममा थप आवश्यक्ताहरु देखिएमा परिपूर्ति गर्दै जाने संयोजक श्रेष्ठले बताउनु भएको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback